Kathmandu Press

उदयपुरमा थप ११ जनामा कोरोनाको संक्रमण देखियो, संक्रमितको संख्या ४२ पुग्यो

काठमाडौं, वैशाख ९ :  उदयपुरमा एकैदिन थप ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।&nbs

उदयपुरमा थप ११ जनामा कोरोनाको संक्रमण देखियो, संक्रमितको संख्या ४२ पुग्यो

काठमाडौं, वैशाख ९ :  उदयपुरमा एकैदिन थप ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

मंगलबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा तीन र धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ८ जना गरी थप ११ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिर कुमार अधिकारीले जानकारी दिए। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुगेको छ।

सहप्रवक्ता अधिकारीका अनुसार मंगलबार १८, १८, २०, ३३, ४०, ४१, ४१, ५२ र ५८ वर्षीय पुरुष, ३६ बर्षीय महिला र एक जना उमेर नखुलेको महिलामा कोरोनाको संक्रमण देखिएको छ। उदयपुरमा देखिएका ११ संक्रमितमध्ये ८ जनालाई मगलबारै विराटनगरको कोरोना विशेष अस्पताल लगिएको छ।

यसअघि त्रियुगा नगरपालिकास्थित झुल्केमा परीक्षण गर्दा १२ जनामा कोरोनाको संक्रमण पुष्टि भएको थियो। 

प्रकाशित मिति: १९:२६ बजे, मंगलबार, वैशाख ९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्