उदयपुरका थप ८ जनामा कोरोनाभाइरसको संक्रमण, संक्रमितको संख्या ४० पुग्यो
काठमाडौं, वैशाख ९ : उदयपुरका ८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। उदयपुरबाट संकलन गरिएको

काठमाडौं, वैशाख ९ : उदयपुरका ८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। उदयपुरबाट संकलन गरिएको नमुना धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ल्याबमा परीक्षण गर्दा ८ जनाको नमुना पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४० पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार उदयपुरका एक सय जनाको पीसीआर परीक्षणको लागि नमुना संकलन गरिएको छ।
प्रकाशित मिति: १८:१६ बजे, मंगलबार, वैशाख ९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार





-1792762148.jpeg)





