Kathmandu Press

पूर्वमाओवादी समूहको निष्कर्ष : केपी ओलीले हामीमाथि प्रहार गर्न खोजे

काठमाडौं, वैशाख ९ : सत्तासीन नेकपाभित्रको पूर्वमाओवादी समूहका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओली

पूर्वमाओवादी समूहको निष्कर्ष : केपी ओलीले हामीमाथि प्रहार गर्न खोजे

काठमाडौं, वैशाख ९ : सत्तासीन नेकपाभित्रको पूर्वमाओवादी समूहका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरुलाई लक्षित गरेर राजनीतिक दलसम्बन्धी ऐन संशोधन गर्न अध्यादेश ल्याएको निष्कर्ष निकालेका छन्। साेमबार र मंगलबार उनीहरुले विभिन्न चरणमा गरेकाे छलफलपछि याे निष्कर्षमा पुगेका हुन्।

प्रधानमन्त्री ओलीले सोमबारको मन्त्रिपरिषद् बैठकमा अचानक राजनीतिक दल फुटाउन सहज हुनेगरी अध्यादेश पास गराएका थिए। साेमबार साँझ नेकपा सचिवालयको बैठक जारी रहेकैवेला राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश प्रमाणिकरण गरेकी थिइन्।

ओली निकटका नेताहरुले अध्यादेश नेकपा लक्षित नरहेको बताइरहँदा पूर्वमाओवादी समूहका नेताहरुले भने यसलाई आफूहरु लक्षित प्रधानमन्त्रीको वाणका रुपमा बुझेका छन्। ‘उहाँहरुका तर्क आफ्नै छन्। तर, कोरोना महामारीका बेला ल्याइएको अध्यादेश हामी लक्षित हो,’ पूर्वमाओवादी समूहका एक स्थायी समिति सदस्यले काठमाडौं प्रेससँग भने, ‘उहाँ (प्रधानमन्त्री ओली)ले हतासमा अध्यादेश ल्याउनुभयो। तर, भोलिका दिनमा त्यो अध्यादेश पास हुन कठिन छ।’

Hardik ivf

कतिपयले अध्यादेशलाई मधेशवादी दल विभाजन गरेर सरकार बलियो बनाउने ओलीको अस्त्रका रुपमा समेत अर्थ्याएका छन्। तर, करिब दुई तिहाई मत पार्टीभित्र रहेको अवस्थामा अर्को पार्टी विभाजन गर्ने कच्चा खेलमा ओली नलागेको पूर्वमाओवादीको बुझाइ छ।

अहिले पूर्वमाओवादी नेताहरुले टेलिफोनमार्फत छलफल गरिरहेका छन्। ‘कोरोना सन्त्रास र लकडाउनका कारण जमघट नै गरेर छलफल त भएको छैन। तर, टेलिफोनमार्फत गम्भीर ढंगले छलफल चलिरहेको छ,’ अर्का स्थायी समिति सदस्यले भने, ‘अध्यादेश प्रकरण अरु केही होइन, ओलीलाई कमजोर हुन्छु की भन्ने परेको छ। सँगै पूर्वमाओवादीले कमजोर बनाउन खोजेको बुझाइ उहाँमा देखिन्छ।’

यस्तै सरकार असफल पार्ने षडयन्त्र पूर्वमाओवादीले नै रचेको निष्कर्षमा समेत प्रधानमन्त्री ओली पुगेको ती नेताको भनाइ छ। ‘सरकारले राम्रै काम गरिरहेको थियो, तर पूर्वमाओवादीहरुले सरकारलाई विवादमा तान्ने षडयन्त्र रचेको बुझाई ओलीमा रहेछ,’ उनी भन्छन्, ‘त्यसैले पछि मिल्न आएकाहरु फुटे पनि केही फरक नपर्ने संकेत उहाँले दिनुभएको हाम्रो बुझाई हो।’

पूर्वएमालेकै झगडाको उपज

दल फुटाउन सहज बनाउने अध्यादेश ल्याउने अवस्थामासम्म आउनुलाई पूर्वएमाले भित्रकै घरझगडाको उपज भएको पूर्वमाओवादीकै अर्का एक नेताको दावी छ। नेपाल, खनाल र गौतमलाई साथमा लिन नसक्दा र विवाद चर्किँदा ओलीले ‘देखाइ दिने’ नीति लिएको उनको दाबी छ।  

पछिल्लो समय नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग बरिष्ठ नेता माधवुकमार नेपाल, झलनाथ खनाल र उपाध्यक्ष बामदेव गौतम नजिकएपछि ओलीको मनमा चिसो पसेको थियो। र, पूर्वमाओवादी समूहले पूर्वएमालेका तीनै जना नेतासँग सरकारको कामकारबाही चित्तबुझ्दो नभएकाले गम्भिर समीक्षा गर्ने वेला भएको भन्दै छलफल गरेका थिए।

यसबीचमा ओलीले नेपाललाई फकाउने प्रयास समेत नगरेका होइनन्। तर, सफल भने हुन सकेनन्। यिनै घटनाक्रमले ओलीलाई अध्यादेश ल्याउने अवस्थासम्म पुर्‍याएको पूर्वमाओवादीको बुझाइ छ।

‘प्रचण्डले कहिले माधव नेपाललाई, कहिले झलनाथलाई, कहिले बामदेवलाई साथ दिनुभयो। यसले ओली नझस्किने कुरै थिएन,’ ती नेता भन्छन्, ‘यो साँढे २ वर्षको अवधिमा सरकारले काम गर्न नसकेकै हो। हाम्राबीचमा सरकारको कामबारेमा गम्भिर समीक्षा गर्नुपर्छ भनेर छलफल भएकै थियो। तर, ओलीको विकल्प खोजि हालौं भन्नेमा अध्यक्षज्यू (प्रचण्ड) हुनुहुन्थेन। तर, ओलीले आफूलाई सत्ताच्युत गर्ने प्रयासकारु पमा बुझे होलान्।’

कोरोना कहरभरी चुप लाग्ने नीति

प्रधानमन्त्री ओलीले ल्याएको अध्यादेशबारे कोरोना कहरभर चुप लाग्ने नीति पूर्वमाओवादीले लिएको छ। देशलाई कोरोनाबाट मुक्त गर्ने अभियानका वेला ध्यान मोड्ने प्रयास भएपनि तत्काल पर्ख र हेरको अवस्थामै रहनुपर्ने प्रचण्डको निष्कर्ष रहेको स्रोतले जानकारी दियो।

‘योबीचमा अध्यादेशबारे छलफल गर्ने, तर महामारीका वेला विवाद नचर्काउने नीति हामीले लिनेछौं,’ पूर्वमाओवादी समूहका एक नेताले भने, ‘कोरोना कहर सकिएलगत्तै योबारे आवश्यक छलफल र निर्णय लिने अवस्था बन्छ।’

प्रकाशित मिति: १४:४७ बजे, मंगलबार, वैशाख ९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्