Kathmandu Press

उदयपुरका ८ जनामा कोरोनाकाे आशंका, थप परीक्षण गर्न धरान लगियो

उदयपुर, वैशाख ९ : उदयपुरको भुल्केका थप आठ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। एकीन गर्न थप परीक्

उदयपुरका ८ जनामा कोरोनाकाे आशंका, थप परीक्षण गर्न धरान लगियो

उदयपुर, वैशाख ९ : उदयपुरको भुल्केका थप आठ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। एकीन गर्न थप परीक्षणका लागि धरान लगिएको छ।

यस अघि भुल्केस्थित मस्जिदमा बस्दै आएका १३ जनामा कोरोना देखिएको थियो। मस्जिद वरिपरिकै वस्तीका थप आठ जनामा कोरोना देखिएको हो।

सोमबार भुल्के वस्तीका ६९ जनाको स्वाब परीक्षणका लागि विराटनगरस्थित कोसी अस्पताल लगिएको थियो। कोसी अस्पतालमा परीक्षण गर्दा कोरोना देखिएको जनाएको छ।

त्यसपछि उनीहरुलाई थप परीक्षणका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको हो। एकीन गर्नका लागि धरान लगिएको प्रदेश १ को सामाजिक विकास मन्त्रालयले स्रोतले जनाएको छ।

उदयरपुरबाट आठै जनालाई एम्बुलेसन्मा धरान पठाइएको उदयपुर जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख मोहन सुवेदीले बताए। उदयपुर जिल्ला प्रहरी कार्यालयका डिएसपी हरिकृष्ण केसीले पनि दुइटा एम्बुलेन्समा राखेर धरान पठाएको पुष्टि गरे।

संक्रमण देखिएका आठै जना ज्येष्ठ नागरिक हुन्। उनीहरु सबै पुरुष रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।

प्रकाशित मिति: १३:४१ बजे, मंगलबार, वैशाख ९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्