Kathmandu Press

हिमाल आरोहण गर्ने महिला टोलीको विदाई

काठमाडौं, वैशाख २ :  पर्यटन वर्ष–२०२० को झण्डासहितको हिमाल आरोहन गर्ने महिला टोलीलाई विदाई गरिएको छ।

सोमबार एक कार्यक्रमको आयोजना....

हिमाल आरोहण गर्ने महिला टोलीको विदाई

काठमाडौं, वैशाख २ :  पर्यटन वर्ष–२०२० को झण्डासहितको हिमाल आरोहन गर्ने महिला टोलीलाई विदाई गरिएको छ।

सोमबार एक कार्यक्रमको आयोजना गरी नेपाल, भारत र चीनका तीन जना महिलाहरुलाई पर्यटन वर्ष–२०२० को झण्डासहित विदाई गरिएको हो।

महिला टोलीलाई विदाई गर्दै पर्यटन विभागका सचिव मोहन  सापकोटाले नेपालको आर्थिक, सामाजिक भूमिकामा पर्यटनको भूमिकाले महत्वपूर्ण योगदान पुर्‍याउने भन्दै सबैले पर्यटन वर्षलाई सफल पार्नुपर्ने बताए।

उनले छिमेकी मुलुक भारत र चीन छिमेकी देश भएकाले पनि पर्यटनको आगमनले आर्थिक योगदानमा भूमिका खेलेको बताए। हिमाल चढ्ने महिलाहरुमा नेपालबाट कान्छी माया तामाङ, भारतबाट कल्पना दास र चीनबाट मलिया मु रहेका छन्। यी महिलाहरुले भोलिबाट आधार शिविरको यात्रा तयार गर्ने छन्।
 

प्रकाशित मिति: १९:०८ बजे, सोमबार, वैशाख २, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्