Kathmandu Press

प्रधानमन्त्रीले बाेलाए नेकपाको आकस्मिक सचिवालय बैठक

काठमाडौं, वैशाख ८ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आकस्मिक सचिवालयको बैठक बोलाएको छ। <

प्रधानमन्त्रीले बाेलाए नेकपाको आकस्मिक सचिवालय बैठक
फाइल

काठमाडौं, वैशाख ८ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आकस्मिक सचिवालयको बैठक बोलाएको छ। 

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले सोमबार साँझ साढे पाँच बजे बस्ने गरी सचिवालय बैठक बोलाएका हुन्।

यसअघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक दलसम्बन्धी विद्यमान कानून संशोधन गरेर केन्द्रीय समिति वा संसदीय दलमध्ये एकमा ४० प्रतिशत बहुमत पुर्‍याएर पार्टी फुटाउन मिल्ने गरी अध्यादेश ल्याउने निर्णय गरेको थियो। 

विद्यामान कानूनमा पार्टी विभाजन गर्न केन्द्रीय र संसदीय दल दुवैमा ४० प्रतिशत बहुमत पुर्‍याउनु पर्ने व्यवस्था छ।  मन्त्रिपरिषद् बैठकपछि पूर्वमाओवादीतर्फका मन्त्रीहरु नेकपा अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार पुगेका थिए। 

प्रकाशित मिति: १७:१० बजे, सोमबार, वैशाख ८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्