Kathmandu Press

मन्त्रिपरिषद् बैठकपछि प्रचण्डलाई भेट्न खुमलटार पुगे पूर्वमाओवादीतर्फका मन्त्रीहरु

काठमाडौं, वैशाख ८ :  मन्त्रिरिषद् बैठक सकिनासाथ पूर्वमाओवादीतर्फका मन्त्रीहरु नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का

मन्त्रिपरिषद् बैठकपछि प्रचण्डलाई भेट्न खुमलटार पुगे पूर्वमाओवादीतर्फका मन्त्रीहरु

काठमाडौं, वैशाख ८ :  मन्त्रिरिषद् बैठक सकिनासाथ पूर्वमाओवादीतर्फका मन्त्रीहरु नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुगेका छन्। 

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक दल सम्बन्धि ऐनमा पार्टी विभाजनका लागि ४० प्रतिशत संसदीय दल सदस्य भए पुग्नेगरी अध्यादेश जारी गर्ने निर्णय गरेपछि पूर्वमाओवादीका मन्त्रीहरु अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार पुगेका हुन्। 

राजनीतिक दल सम्बन्धि ऐनमा पार्टी विभाजनका लागि ४० प्रतिशत संसदीय दल सदस्य भए पुग्नेगरी अध्यादेश जारी गर्ने प्रस्ताव प्रधानमन्त्री ओलीले गरेपछि बैठकमा ऊर्जामन्त्री वर्षमान पुनले उचित नहुने बताएका थिए। मन्त्रिपरिषद् बैठकपछि केहीबेर पूर्वमाओवादीतर्फका मन्त्रीहरुबीच छुट्टै छलफल भएको थियो। 

राजनीतिक दलसम्बन्धी ऐन संशोधनका लागि अध्यादेश जारी गर्ने निर्णय भएको जानकारी पाउनासाथ प्रचण्डले आफ्ना मन्त्रीहरुलाई निवासमा बोलाएको स्रोतले जनाएको छ। 

प्रकाशित मिति: १६:१४ बजे, सोमबार, वैशाख ८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्