Kathmandu Press

राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने सरकारको तयारी

काठमाडौं, वैशाख ८ : सरकारले राजनीतिक दल विभाजनको प्रावधान खुकुलो बनाउने गरी राजनीतिक दल सम्बन्धी विद

राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने सरकारको तयारी

काठमाडौं, वैशाख ८ : सरकारले राजनीतिक दल विभाजनको प्रावधान खुकुलो बनाउने गरी राजनीतिक दल सम्बन्धी विद्यमान कानून संशोधन गर्न अध्यादेश ल्याउने तयारी गरेको छ। 

सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याउने विषयमा छलफल भएको एक मन्त्रीले जानकारी दिए। विद्यमान कानूनमा राजनीतिक दल विभाजनका लागि संसदीय दल र केन्द्रीय कमिटी दुवैमा ४० प्रतिशत संख्या पुर्‍याउनुपर्ने प्रावधान छ। 

स्रोतका अनुसार सरकारले उक्त प्रावधानलाई संसदीय दलमा ४० प्रतिशत भए दल विभाजन हुन सक्ने भन्ने गरी संशोधन गर्ने तयारी छ। मन्त्रिपरिषद् बैठकमा राजनीतिक दल सम्बन्धी कानूनमा के-के संशोधन गर्ने भन्ने विषयमा बुँदागत छलफल भने नभएको ति मन्त्रीले बताए।

प्रकाशित मिति: १६:०४ बजे, सोमबार, वैशाख ८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्