Kathmandu Press

कोरोनालाई जितेर घर फर्किए कैलालीका २१ वर्षीय युवक

धनगढी, वैशाख ७ : कैलालीको लम्कीचुहा नगरपालिका–९ का कोरोना संक्रमित २१ वर्षीय युवक निको भएर घर

कोरोनालाई जितेर घर फर्किए कैलालीका २१ वर्षीय युवक

धनगढी, वैशाख ७ : कैलालीको लम्कीचुहा नगरपालिका–९ का कोरोना संक्रमित २१ वर्षीय युवक निको भएर घर फर्किएका छन्। 

कोरोना भाइरसको संक्रमण देखिएपछि सेती प्रादेशिक अस्पताल भर्ना भएका युवक कोरोनालाई जितेर आइतबार अस्पतालबाट डिस्चार्ज भएका हुन्। भारतको मुम्बईबाट चैत ११ गते घर फर्किएका ती युवकको परीक्षणमा कोरोना पोजेटिभ देखिएपछि गत चैत २२ गते सेती अस्पताल भर्ना भएका थिए।

सेती अस्पतालका डा. जगदिश जोशीले पूर्णरुपमा स्वास्थ्य ठीक भएपछि युवकलाई डिस्चार्ज गरिएको बताए। 

कोरोना पोजेटिभ देखिएपछि सेती प्रादेशिक अस्पताल भर्ना भएका ती युवकको पछिल्ला दुवै परीक्षणको रिपोर्ट नेगेटिभ आएको थियो।

डिस्चार्जपछि ती युवक नेपालमा कोरोनालाई जितेर घर फर्किने चौथो व्यक्ति बनेका छन्। यसअघि शनिबारमात्रै काठमाडौंकी १९ वर्षीया प्रसिद्धि श्रेष्ठ र बागलुङकी  ६५ वर्षीय मनकुमारी पौडेल कोरोनालाई जितेर घर फर्किएका थिए।

त्यसअघि कोरोनाको पहिलो संक्रमित व्यक्ति निको भएर घर फर्किसकेका थिए।

प्रकाशित मिति: १६:५९ बजे, आइतबार, वैशाख ७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्