एनएमबी बैंकले सुरु गर्यो सहारा बचत खाता
काठमाडौं, वैशाख २ : एनएमबी बैंकको सबैका लागि सहारा बचत खाता सञ्चालनमा ल्याएको छ। बैंकले सोमबार पत्रकार सम्मेलन गरी खाता सञ्चालनमा ल्याएको जनाएको....

काठमाडौं, वैशाख २ : एनएमबी बैंकको सबैका लागि सहारा बचत खाता सञ्चालनमा ल्याएको छ। बैंकले सोमबार पत्रकार सम्मेलन गरी खाता सञ्चालनमा ल्याएको जनाएको हो।
सरकारको ‘एक घर, एक खाता’ अभियानलाई परिस्कृत गर्दै एनएमबी बैंकले ‘सबैका लागि, सधैंका लागि सहारा’ भन्ने नारासहित खाता सञ्चालनमा ल्याएको हो। खाता खोल्दा बैंकको तर्फबाट १०० रुपैयाँ जम्मा गरिने छ। त्यस्तै प्रत्येकको अग्रिम बीमा सुरक्षण हुने बैंकका कार्यकारी निर्देशक सुनिल केसीले बताए।
खातावालाको दुर्घटनामा मृत्यु, अंगभंग भए वा क्यान्सरलगायतका १८ प्रकारका गम्भीर रोगमध्ये एक रोग लागेको खण्डमा हकवालालाई १० लाखसम्मको बीमा रकम उपलब्ध गराउने बैंकले जनाएको छ। यसका अतिरिक्त सर्वाधिक ब्याजदर, निःशुल्क डिम्याट खाता, निःशुल्क मोबाइल बैंकिङ सेवालगायत सुविधा हुनेछन्।
खाता निःशुल्क खोल्न सकिने बैंकले जनाएको छ।











-1754206481.jpg)