Kathmandu Press

वीरगंजका शिवको कोरोना टेस्टको रिपोर्ट नेगेटिभ*

काठमाडौं, चैत ९ : वीरगन्जमा शिवकुमार रूङगटाको कोरोनाको रिपोर्ट नेगेटिभ भएको अस्पतालले जनाएको छ। 

वीरगंजका शिवको कोरोना टेस्टको रिपोर्ट नेगेटिभ*

काठमाडौं, चैत ९ : वीरगन्जमा शिवकुमार रूङगटाको कोरोनाको रिपोर्ट नेगेटिभ भएको अस्पतालले जनाएको छ। 

पटनामा उनको स्वाब परीक्षण गर्दा कोरोनाको रिपोर्ट नेगेटिभ आएको हो। यसअघि शिवका भतिज पर्ने जगदम्बा इन्टरपाइजेजका कार्यकारी निर्देशक एवं कांग्रेस नेता अनिल रूङगटाले कोरोना भएको जानकारी उनका परिवारले आफुलाई दिएको काठमाडौं प्रेसलाई बताएका थिए । आइतबारसाँझ आएको शिवको कोरोना परिक्षणको रिपोर्टमा नेगेटिभ आएको हो। 

पर्सा क्षेत्र नम्वर १ का सांसद प्रदिप यादवले पनि शिवलाई कोरोना लागेको जानकारी यसअघि गराएका थिए। 

*नोट : यसअघि प्रकाशित समाचारमा स्रोतलेनै गलत सुचना दिएकाले सच्चाइएको छ । यो समाचारका कारण पर्न गएको असरको हामी क्षमाप्रार्थी छौ ।  - प्रधानसम्पादक

प्रकाशित मिति: १८:४१ बजे, आइतबार, चैत ९, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्