Kathmandu Press

शीर्ष नेताहरू घरमै संगरोधमा, कसले के गरिरहेका छन्?

काठमाडौं, चैत ९ : विश्वव्यापीरूपमा फैलिरहेको कोरोना भाइरसको त्रास नेपालमा समेत छ। कोरोनाको त्रास बढे

शीर्ष नेताहरू घरमै संगरोधमा, कसले के गरिरहेका छन्?

काठमाडौं, चैत ९ : विश्वव्यापीरूपमा फैलिरहेको कोरोना भाइरसको त्रास नेपालमा समेत छ। कोरोनाको त्रास बढेसँगै विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुले भेटघाट र बैठकहरु स्थगन गरेर सावधानी अपनाएका छन्।

शीर्ष नेताहरु अहिले संगरोध (सेल्फ क्वारेन्टाइन) मा छन्। उनीहरुले सबै भेटघाटलाई स्थगन गरेका छन्। पार्टीका कार्यक्रमदेखि कार्यकर्ता भेटघाटसम्म स्थगित गरेर नेताहरु आआफ्ना घरमा संगरोधमा बसेका हुन्।

कोरोना भाइरसको जोखिमका कारण सरकारले अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरिसकेको छ। लामो दुरीका सवारी बन्द गर्नेदेखि सार्वजनिक स्थानमा २५ जना भन्दा बढी भेला हुन रोक लगाएको छ। यस्तो अवस्थामा कोही नेताहरु घरमै बसेर अध्ययन गर्दै छन् त कोही परिवारसँग समय बिताइरहेका छन्।

Hardik ivf

चिकित्सको निगरानीमा प्रधानमन्त्री ओली

फागुन २१ गते दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओली चिकित्सकको विशेष निगरानीमा छन्। उनी बालुवाटारस्थित सरकारी निवासमा छन्। चैत २ गते सार्क राष्ट्र प्रमुखहरु सँग भिडियो कन्फ्रेन्सका लागि सिंहदरवार पुगेका ओली त्यस यता बाहिर निस्किएका छैनन्। प्रधानमन्त्रीको नाताले स्वभाविकरुपमा ओली व्यस्त नै छन्।

मिर्गौला प्रत्यारोपणपछि उनले पार्टीको बैठक बोलाएका छन्। तर, बैठकमा अन्य नेताहरुसँग ६ फिट दुरी कायम राखेका छन्। सबैलाई मास्क अनिवार्य गरिएको छ। त्यसयता उनले राष्ट्रका नाममा सम्बोधन गरेका छन्। आइतबार भने उनले मिर्गौला प्रत्यारोपणपछि पहिलो पटक मन्त्रिपरिषद् बैठक डाकेको छन्।

बैठकमा अन्यमन्त्रीहरुको भन्दा प्रधानमन्त्रीको कर्सी टाढा राखिएको छ। महत्वपूर्ण भेटघाट बाहेकका अन्य सबै भेटघाट बन्द गरिएको छ।

देउवा भेटघाट बन्द गरेर ‘बुद्धिजम’का पुस्तक पढ्दै

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवासमा शनिबारदेखि भेटघाट बन्द गरिएको छ । हरेक दिन दुई तीन सय मानिससँग भेट गर्ने देउवाले शनिबारदेखि सबै भेटघाट र बैठकहरु बन्द गरेका हुन्।

पुस्तक किन्दै देउवा

कार्यकर्ता भेटघाटदेखि पार्टीका कार्यक्रममा व्यस्त रहने देउवा अहिले घरमै टेलिभिजनमा समाचार हेरेर अपडेट हुने गरेका छन्। साथै बुद्धिजमका पुस्तकहरु समेत अध्ययन गरिरहेका छन्।

‘अत्यावश्यक भेटघाटबाहेकका सबै भेटघाट बन्द छन्’ देउवाका स्वकीय सचिव भानु देउवाले भने, ‘अत्यावश्यक काममा केन्द्रीय सदस्यहरुसँग भेटघाट गर्नुपरेमा आवश्यक दुरी कायम गरेर मात्रै भेटघाट गर्ने मापदण्ड बनाइएको छ।’
 
प्रचण्डको भेटघाट बन्द, पढाइ र लेखाइमा ध्यान 

कोरोनाको त्रासका कारण नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भेटघाटमा बन्देज लगाएका छन्। महत्वपूर्ण बाहेकका अन्य भेटघाट पूर्णरुपमा बन्देज लगाइएको उनका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए। उनका अनुसार प्रचण्डले घरमै बसेर विभिन्न पुस्तकहरु पढिरहेका छन्। ‘महत्वपूर्ण काम परे बाहिर निस्कुनुहुन्छ। महत्वपूर्ण भेटघाटबाहेक अन्य भेटघाट बन्द छ,’ उनले भने, ‘अहिले उहाँ किताब पढ्न व्यस्त हुनुहुन्छ।’ पार्टीका सबै कार्यक्रम स्थगित भएपछि प्रचण्ड परिवारसँग घरमै रमाइरहेका छन्। उनले अहिले आफ्नो बिरामी पत्नी सीतालाई अलि बढी समय दिएका छन्। साथै घरकाे कम्पाउण्डमै साइक्लिङ गर्ने गरेका छन्।

माधव नेपालको दैनिकी सामान्य

भेटघाट कम गरे पनि नेकपाका वरिष्ठ नेता माधव नेपालले भेटघाटमा बन्देज भने लगाएका छैनन्। ‘पहिले भन्दा भेटघाट कम छ। तर बन्द भने छैन। महत्वपूर्ण बैठकसँगै कार्यकर्तासँग पनि भेटघाट भइरहेको छ,’ उनका सहयोगी नितेश पौडेलले बताए, ‘पहिले भन्दा फुर्सद नै छ। त्यसैले पढ्ने गर्नुभएको छ।’ 

काठमाडौं बाहिर रहेका नेपाल चैत ६ गते काठमाडौं आएका हुन्।

आराम गर्दै बाबुराम  

ब्याक पेन भएपछि केही दिन अघि बाँसबारीस्थित गंगालाल हृदयरोग कोन्द्रमा भर्ना भएका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई अहिले घरमै आराम गरिरहेका छन्। अस्पतालबाट भर्खरै फर्किएकाले आरामसँगै अध्ययनमा समय बिताउने गरेको उनको सचिवालयले जनाएको छ। यद्यपी सामाजिक संजालमा कोरोनाको सचेतनामा उनले समय दिइरहेका छन्।

रामचन्द्रको भेटघाट बन्द, काम परे टेलिफोन

कांग्रेस नेता रामचन्द्र पौडेलले कार्यकर्तासँग भेटघाट बन्द गरेका छन्। उनले चैत ३ देखि नै भेटघाट बन्द गरेका हुन्। कोरोना संक्रमणबाट बच्नका लागि उनले भेटघाट बन्द मात्रै गरेका छैनन्। आवश्यक काम पर्दा टेलिफोन प्रयोगलाई जोड दिँदै आएका छन्। उनले कही दिन अघि विज्ञप्तीमार्फत सबैलाई आवश्यक काम परे टेलिफोन मार्फत नै कुराकानी गर्न आग्रहसमेत गरेका थिए।

चार दिनदेखि घरमै महन्थ

चार दिन अघि सिंहदरवार निस्किएका राष्ट्रिय जनता पार्टी अध्यक्ष मण्डलका नेता महन्थ ठाकुर घरमै आराम गरिरहेका छन्। ‘आवश्यकनै परेको अवस्थामा भेटघाट पनि गर्नुहुन्छ। तर, अहिले नियमित भेटघाट भएको छैन,’ उनका सहयोगी सत्यन्द्र मिश्रले भने, ‘उहाँ अलि बिरामी पनि हुनुहुन्थ्यो। अहिले आराम गरिरहनुभएको छ।’

प्रकाशित मिति: १५:१० बजे, आइतबार, चैत ९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्