झारखण्डमा प्रहरी र नक्सलबीच भिडन्त, चार मृत्यु
झारखण्ड, वैशाख २ : भारतको झारखण्डस्थित बेल्भाघाट जङ्गल क्षेत्रमा केन्द्रीय प्रहरी बल (सीआरपिएफ) र नक्सलबादीबीच आज बिहानै भिडन्त भएको छ।
सोमब....

झारखण्ड, वैशाख २ : भारतको झारखण्डस्थित बेल्भाघाट जङ्गल क्षेत्रमा केन्द्रीय प्रहरी बल (सीआरपिएफ) र नक्सलबादीबीच आज बिहानै भिडन्त भएको छ।
सोमबार बिहान भएको गोली हानाहानमा तीन जना नक्सल र एक जना प्रहरीको मृत्यु भएको छ।
प्रहरीका अनुसार बिहान ६ बजे बेल्भाघाटको वन क्षेत्रमा भिडन्त भएको थियो । ‘दुर्भाग्यबस, भिडन्तमा एक प्रहरी जवानको पनि मृत्यु भयो,’ सिआरपिएफले भनेको छ।
भिडन्तमा मारिएका नक्सलबाट प्रहरीले एउटा एके–४७ राइफल, तीन थान म्यागजिन, र चारवटा पाइप बम फेला पारेको छ । बेल्भाघाट क्षेत्रमा प्रहरी अपरेसन जारी रहेको जनाएको छ।
प्रकाशित मिति: १३:०२ बजे, सोमबार, वैशाख २, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार