‘पहिले लेख्न नदिने, त्यसपछि बोल्न नदिने, अहिले पढ्न नदिने!’
ललितपुर, फागुन १८ : पुस्तकमाथि सरकारले लगाएको करविरुद्ध प्रदर्शन जारी रहेको छ। आइतबार पनि पाटन दरबार

ललितपुर, फागुन १८ : पुस्तकमाथि सरकारले लगाएको करविरुद्ध प्रदर्शन जारी रहेको छ। आइतबार पनि पाटन दरबार क्षेत्रमा विद्यार्थी तथा अभियन्ताले प्रदर्शन गरेका छन्।
उनीहरूले कर हटाउन माग गरेका छन्। सरकारले आन्दोलनमा उत्रिन बाध्य पारेको विद्यार्थीको भनाइ छ। विद्यार्थीले करको विरोध गर्दै प्लेकार्ड बोकेका छन, ‘पहिले लेख्न नदिने, त्यसपछि बोल्न नदिने, अहिले आएर पढ्न नदिने।‘
त्यस्तै, उनीहरूले पुस्तक गाडी जस्तो नभएको जिकिर गरेका छन्। विद्यार्थीले प्लेकार्ड बोकेका छन्, ‘हामी विद्यार्थी हौं, परिस्थितिले विद्रोही बनायो।’
प्रकाशित मिति: १५:१४ बजे, आइतबार, फागुन १८, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार











