कांग्रेस बैठकमा गच्छदार- माधव नेपालको लिखित र मौखिक निर्देशनमा प्रस्ताव अघि बढाएको हुँ
काठमाडौ, माघ २७ : बालुवाटार जग्गा प्रकरणमा भ्रष्टचारको मुद्दा परेका कांग्रेस उपसभापति विजयकुमार गच्छ
काठमाडौ, माघ २७ : बालुवाटार जग्गा प्रकरणमा भ्रष्टचारको मुद्दा परेका कांग्रेस उपसभापति विजयकुमार गच्छदारले केन्द्रीय समिति बैठकमा डेढ घण्टा प्रस्टिकरण दिएका छन्।
सोमबार केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा गच्छदारले बालुवाटार जग्गा प्रकरण र त्यसमा आफ्नो संलग्नताका बारेमा डेढ घण्टा बोलेका थिए। उनले बालुवाटार जग्गा प्रकरणमा तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपालको निर्देशनमै फाइल अघि बढाएको धारणा राखेका थिए। केन्द्रीय सदस्य प्रदीप पौडेलका अनुसार गच्छदारले फाइल अघि बढाउन आफुलाई नेपालले लिखितरुपमै निर्देशन दिएको बताएका थिए। ‘प्रधानमन्त्रीले लिखित निर्देशन दिएकाले मैले प्रधानमन्त्री निवास व्यवस्थित गर्न गुरुयोजना मन्त्रिपरिषदमा पठाएको हुँ,’ गच्छदारको भनाई उदृत गर्दै पौडेलले भने, ‘मैले सचिवस्तरिय समिति बनाएर गुरुयोजना बनाएको र मन्त्रिपरिषदमा प्रस्ताव लगेको हुँ। त्यसबाहेक मेरो केही संलग्नता छैन।’
गच्छदारले सरकारको पुर्वाग्रहमा आयोगले आफुलाई नियोजितरुपमा फसाएको आरोप उनले लगाएका थिए। गच्छदारले बैठकमा माधव नेपालले दिएको लिखित निर्देशनको कपी नै देखाएका थिए भने पटक पटक मौखिक निर्देशन पनि दिएको जानकारी गराएका थिए।
सोमबारको बैठकमा कांग्रेसले अख्तियारको कदमविरुद्ध खेद प्रस्ताव पारित गरेको छ। यस्तै संसदको अवरोध खुलाउने वा जारी राख्ने भन्ने बारेको निर्णय गर्ने अधिकार संसदीय दललाई दिइएको पौडेलले बनाए। संसदीय दलको बैठक भोली (मंगलबार) बस्नेछ।
अख्तियारले गत बुधबार बालुवाटार जग्गा प्रकरणमा गच्छदार सहित १७५ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो। गच्छदार माथि राजनीति प्रतिशोध साँधिएको र तत्कालिन प्रधानमन्त्री, मुख्य सचिव लगायतलाई उन्मुक्ति दिइएको भन्दै कांग्रेसले सडक र सदनमा आन्दोलन गरिरहेको छ।