Kathmandu Press

नयाँ वर्षको शुभकामना दिएलगत्तै बालुवाटारमा सन्नाटा

काठमाडौं, वैशाख १ : नयाँ वर्ष २०७६ को अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारबाट आज बिहान देशबासीका नाममा सम्बोधन गरिरहेका....

नयाँ वर्षको शुभकामना दिएलगत्तै बालुवाटारमा सन्नाटा
काठमाडौं प्रेस

काठमाडौं, वैशाख १ : नयाँ वर्ष २०७६ को अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारबाट आज बिहान देशबासीका नाममा सम्बोधन गरिरहेका थिए।

संघीय सरकारका सबै विभागीय मन्त्रीसहित उच्च अधिकारीहरू सम्बोधनमा सरिक थिए । सबै टेलिभिजनहरूले लाइभ प्रसारण गरिरहेका थिए । सम्बोधन सकिएर चियाँ खादै गर्दा केही उच्च अधिकारीहरुको मोबाइलमा म्यासेज बज्न थाल्यो, ‘लुक्लामा जहाज र हेलिकप्टर ठोक्किएर दुर्घटना भयो।’

केही बेरमै बालुवाटारमा सन्नाटा छायो । सबैको ध्यान लुक्लातर्फ केन्द्रीत हुन थाल्यो । फागुन महिनामा हेलिकप्टर दुर्घटनाबाट तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको निधन भएपछि पर्यटन मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीले नै सम्हाल्दै आएका छन्।

Hardik ivf

लुक्लाको घटना थाहा पाउने बित्तिकै प्रधानमन्त्री ओलीले सचिवालयमार्फत पर्यटन सचिव मोहनकृष्ण सापकोटा तथा नागरिक उड्डयन प्राधिकरणलाई तत्काल उद्दार र व्यवस्थापनमा खटिन निर्देशन दिए।

बिहान ९ः६ बजे समिट एयरको ९एन–एएमएच कलसाइनको जहाज लुक्लाबाट रामेछाप विमानस्थलका लागि उडान भर्ने क्रममा थियो । त्यस्तै, ९ः४ बजे मनाङ एयरको ९एन–एएलसी जहाज काठमाडौंबाट लुक्ला उडान भरेर पार्किङमा बसेको थियो।

त्यसको ३०–५० मिटर मात्रै पर रहेको हेलिकप्टरलाई समिट एयरको जहाजले बिहान ९ः३० बजे ठक्कर दियो । हेलिकप्टर पूर्णरुपमा क्षति भएको छ । त्यही क्रममा सँगै रहेको श्री एयरको हेलिकोप्टर ९एन–एएलकेमा पनि क्षति पुगेको छ।

दुर्घटनामा समिट एयरका को–पाइलट सुजीत ढुंगाना, प्रहरी सहायक निरीक्षकद्वय रामबहादुर खड्का र रुद्रबहादुर श्रेष्ठको मृत्यु भएको छ । प्रहरीका अनुसार, प्रहरी सहायक निरीक्षकद्वय रामबहादुर खड्का र रुद्रबहादुर श्रेष्ठको मृत्यु भएको हो । दुर्घटनामा घाइते तीन घाइतेको ग्रान्डीमा उपचार भइरहेको छ । मनाङ एयरका पाइलट चेतबहादुर गुरुङ, स्टाफ लाक्पा शेर्पा र समिट एयरका पाइलट रवीन्द्र रोकायको उपचार भइरहेको छ।

दुर्घटनामा जहाजका को–पाइलट एस। ढुंगानासहित दुई सुरक्षाकर्मीको मृत्यु भएको छ । प्रहरीका अनुसार, प्रहरी सहायक निरीक्षकद्वय रामबहादुर खड्का र रुद्रबहादुर श्रेष्ठको मृत्यु भएको हो।

टेकअफका क्रममा धावनमार्गबाट विमान चिप्लिएर पार्किङ गरी राखिएको मनाङ एयरको हेलिकोप्टरसँग ठोक्किएको थियो । दुर्घटनापछि विमानमा आगो लागेको थियो । मनाङ एयरको हेलिकप्टर पूर्ण रुपमा क्षति भएको र श्री एयरको हेलिकप्टरमा समेत आंसिक क्षति पुगेको समिट एयरका प्रबन्ध निर्देशक मनोज बाबु कार्कीले जानकारी दिए । कसरी धावनमार्गबाट जहाज चिप्लियो भन्ने विषयमा अध्ययन पछि मात्रै पत्ता लाग्ने कार्कीले बताए।

नेपालका आन्तरिक विमानस्थलमध्ये सबैभन्दा व्यस्त विमानस्थलको सूचिमा लुक्ला विमानस्थल पर्ने गरेको छ । चैतको दोस्रो सातादेखि जेठको तेस्रो सातासम्म विमानस्थल सबैभन्दा बढी व्यस्त हुने गर्दछ।

दुर्घटनाको छानविन भइरहेकाले के कारणले दुघटना भयो भन्ने जानकारी नआएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता प्रतावबाबु तिवारीको भनाइ छ । यद्यपी विमान उड्ने क्रममा चिप्लिएर दुर्घटना भएको प्रारम्भिक जानकारी आएको तिवारीले बताए । समिटको जहाज बिहान मात्रै रामेछापबाट लुक्ला गएको र यात्रु छोडेर फर्कने बेला उड्ने क्रममा दुर्घटना भएको हो।

दुर्घटनापछि विमानस्थल बन्द गरिएको छ । लुक्ला जाने र लुक्लाबाट मन्थली, काठमाडौं आउने यात्रुहरू अलपत्रमा परेका छन्।

प्रकाशित मिति: १३:२६ बजे, आइतबार, वैशाख १, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्