नयाँ वर्षमा घर फर्किएका कामदार चढेको बस दुर्घटना, तीनको मृत्यु, ३१ घाइते
सर्लाही, वैशाख १ : नयाँ वर्षका लागि घर फर्किरहेका कामदार चढेको बस दुर्घटनामा परेको छ । दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन्।
सर्लाही, वैशाख १ : नयाँ वर्षका लागि घर फर्किरहेका कामदार चढेको बस दुर्घटनामा परेको छ । दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन्।
प्रहरीका अनुसार, जोशी हाइड्रोपावरमा काम गर्ने मजदुर बस रिजर्भ गरेर सिन्धुपाल्चोकबाट फर्किएका थिए । रिजर्भ गरेको बा ३ ख १३१८ नम्बरको बस पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–१ उष्ण प्रदेशिय बागवानी नजिकै दुर्घटना भएको हो।
दुर्घटनामा सुनसरीको रामधुनी नगरपालिका–९ का श्रीकान्त चौधरी, छेटाहा गाउँपालिकाका अनिल उराउ र मोरङको बुरही गाउँपालिका–६ का बबली उराउको मृत्इु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको छ । उनीहरूलाई उपचारका लागि विराटनगर लगिएको छ । सामान्य घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
तीव्र गतिमा रहेकाले बस दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ।