Kathmandu Press

ओली-प्रचण्डलाई बालुवाटर पुगेर उपसभामुखले भनिन्, ‘मैले केही गलत गरेकी छैन, राजीनामा दिन्न’

काठमाडौं, पुस २७ : उपसभामुख डा.शिवमाया तुम्बाहाङफेले बालुवाटर पुगेर प्रधानमन्त्री केपी शर्मा ओली र न

ओली-प्रचण्डलाई बालुवाटर पुगेर उपसभामुखले भनिन्, ‘मैले केही गलत गरेकी छैन, राजीनामा दिन्न’

काठमाडौं, पुस २७ : उपसभामुख डा.शिवमाया तुम्बाहाङफेले बालुवाटर पुगेर प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राजीनामा नदिने बताएकी छन्।

उपभासभामुख डा.तुम्बाहाङफेले राजीनामा नदिने अडान लिएपछि नेकपा अध्यक्षद्वय ओली र प्रचण्ड आज बिहान बालुवाटारमा छलफलमा जुटेका थिए। छलफलपछि उनीहरुले उपसभामुख डा.तुम्बाहाङफेलाई बालुवाटार बोलाएका थिए।

केहीवेर अघि बालुवाटार पुगेकी उनले राजीनामा नदिने अडान दोहोर्‍याएको बालुवाटार स्रोतले जनाएको छ। ‘मैले केही गलत गरेकी छैन। त्यत्तिकै राजीनामा दिन्न,’ उपसभामुख डा.तुम्बाहाङफेको भनाई उद्धृत गर्दै नेकपा स्रोतले भन्यो, ‘आज संसद बैठक चलाउँछु। सभामुख चयनको प्रक्रिया सुरू हुन्छ।’

प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डसँग छलफलपछि उनी बालुवाटारबाट फर्किएकी छन्। उनले राजीनामा नदिने अडान यथावत राखेकी छन्।

शनिबार बसेको नेकपा सचिवालय बैठकले उपसभामुख डा.तुम्बाहाङफेलाई पदबाट राजीनामा दिन निर्देशन दिने निर्णय गरेको थियो। 

उपसभामुखले राजीनामा नदिएर संसद् बैठकमा सभामुख चयनको प्रक्रिया सुरू गरे नेकपाले सभामुख पद गुमाउनेछ। संवैधानिक व्यवस्थाअनुसार, सभामुख र उपसभामुख एउटै पार्टीको हुदैन्। अझ पुरुष र महिला हुनुपर्छ।

उपसभामुखले सभामुखको निर्वाचन प्रक्रिया सुरू गरे नेकपाले सभामुखमा उम्मेदवारी समेत दिन नपाउने भएकाले प्रधानमन्त्री ओली र प्रचण्ड के गर्ने भन्ने विषयमा छलफलमा जुटेका हुन्। छलफल जारी रहेको बालुवाटर स्रोतले जनाएको छ।

तत्कालनी सभामुख कृष्णबहादुर महरालाई बलात्कारको आरोप लागेपछि राजीनामा दिएका थिए। उनी अहिले पुर्पक्षका लागि डिल्लीबजार कारागारमा छन्।

सभामुखका लागि नेकपाबाट पूर्वसभामुख सुभाष नेम्वाङ, नेकपा स्थायी समिति सदस्य अग्नि सापकोटा र पम्पा भुषालको नाम चर्चामा छ। प्रधानमन्त्री ओली नेम्वाङ र अध्यक्ष प्रचण्डले सापकोटालाई सभामुख बनाउन खोजेका छन्।

उपसभामुख डा.तुम्बाहाङफेको पक्षमा राष्ट्रपति विद्यादेवी भण्डारी छन्। उपसभामुखलाई नै सभामुख बनाउनु पर्ने राष्ट्रपतिको अडान छ।

प्रतिनिधिसभा बैठक आज दिउसो १ बजे बोलाइएको छ।

प्रकाशित मिति: १२:२५ बजे, आइतबार, पुस २७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्