Kathmandu Press

उपसभामुख तुम्बहाम्फेलाई तत्काल राजिनामा गर्न नेकपाको निर्देशन 

काठमाडौं, पुस २६ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा गर्न

उपसभामुख तुम्बहाम्फेलाई तत्काल राजिनामा गर्न नेकपाको निर्देशन 

काठमाडौं, पुस २६ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा गर्न निर्देशन दिने भएको छ। 

शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले उपसभामुखलाई राजिनामा गर्न निर्देशन दिने निर्णय गरेको हो। नेकपाले सभामुखमा उम्मेदवार दिने निर्णय गर्दै उपसभामुख तुम्बाहम्फेलाई राजीनामा गराउने निर्णय गरेको हो । संविधानमा सभामुख र उपसभामुख एउटै दलको बन्न नपाउने व्यवस्था गरेकाले उपसभामुखलाई राजिनामा गराउने निर्णय नकेपाले गरेको हो ।  ‘हाम्रो पार्टीको तर्फबाट उपसभुमुखमा निर्वाचित शिवमाया तुम्बाहाम्फेले राजीनामा दिने निर्णय भएको छ’ प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकपछि भने । 

उपसभामुख शिवमाया तुम्बाहाम्फे

बैठकको सुरुमै अध्यक्ष पुष्पकमल दाहालले उपसभामुख तुम्बाहाम्फेसँग शुक्रबार भएको छलफलबारे ब्रिफिङ गरेका थिए । नेकपाका अध्यक्षद्धयसँग भएको भेटमा तुम्बाहाम्फले आफूलाई सभामुख बनाउने निर्णय गरे मात्र उपसभामुखबाट राजीनामा दिने, नभए सदन सुचारु गरेर सभामुख निर्वाचनको प्रक्रिया सुरु गर्ने धारणा राखेकी थिइन् । सभामुखमा को उम्मेदबार बन्ने भन्ने विषयमा भने बैठकले कुनै निर्णय गरेको छैन। 

सचिवालय बैठकमा नेताहरुले उपसभामुखको अडान उपयुक्त नभएको धारणा राखेका थिए ।

प्रकाशित मिति: १८:१९ बजे, शनिबार, पुस २६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्