Kathmandu Press

८ महिनामा १६ सय ७३ महिला बलात्कृत

काठमाडौं, चैत ३० : महिला सबैभन्दा बढी को सँग सुरक्षित रहन सक्छन्? वा को सँग हिडडुल गर्दा सुरक्षित महसुस गर्छन्? सबैको उत्तर आउँछ, आफन्त र साथीभाइ....

८ महिनामा १६ सय ७३ महिला बलात्कृत

काठमाडौं, चैत ३० : महिला सबैभन्दा बढी को सँग सुरक्षित रहन सक्छन्? वा को सँग हिडडुल गर्दा सुरक्षित महसुस गर्छन्? सबैको उत्तर आउँछ, आफन्त र साथीभाइसँग। तर, एउटा तथ्यांकले भने यो उत्तरलाई गलत सावित गरिदिएको छ। 

चालु आर्थिक वर्षको साउनदेखि फागुन महिनासम्मको तथ्यांकलाई हेर्ने हो भने सबैभन्दा बढी महिला आफन्त र साथीभाइबाटै धेरै बलात्कृत भएको देखिएको छ। चालु आर्थिक वर्षको साउनदेखि यता ८ महिनामा नेपालमा १ हजार ६ सय ७३ महिला बलात्कारको सिकार भएका छन्। 

८ महिनाको अवधिमा आफ्नै बाबुबाट ३४, हजुरबुवाबाट ३, ससुराबाट ७, छोराबाट ३, काका, मामा, ठूलाबुवाबाट १९, काका र दाइभाइबाट १३, देवर, जेठाजुबाट ८, श्रीमानबाट १५ र घर मालिकबाट १ जना महिला बलात्कृत भएका छन् । 

यस्तै, केटा साथीबाट ८२, छिमेकीबाट ४ सय ५१, भिनाजुबाट २, शिक्षकबाट १०, अन्य चिनजानका व्यक्तिबाट ६ सय ७५, पारपाचुके भएका श्रीमानबाट १० र अपरिचित व्यक्तिबाट ३३९ महिला बलात्कृत भएका छन्। सबैभन्दा धेरै प्रदेश नम्बर १ बाट ४ सय ७ र महिला बलात्कृत भएका छन् भने सबैभन्दा कम कर्णाली प्रदेशमा  १ सय १०  महिला बलात्कृत भएको प्रहरीको तथ्यांकले देखाएको छ।

प्रहरी प्रवक्ता उत्तम सुवेदीले आफन्तबाटै महिला असुरक्षित हुँदा सुरक्षित कसरी रहने भन्ने चुनौती थपिएको बताए। उनले भने,‘पछिल्लो समय गाउँ– समाजमा भएका बलात्कारका घटना सार्वजनिक हुने गरेका छन्। पहिले गुपचुपमै दबाइने यस्ता घटना बाहिर आउँदा बलात्कृत महिलाको संख्या बढ्दै गएको पाइन्छ।’ 

महिला आफ्ना बुवा, दाइभाइबाटै बढी असुरक्षित रहेको उनले बताए। ‘६ महिनाको बालिकादेखि ७२ वर्षीया बृद्धा पनि बलात्कृत हुनु दुःखको कुरा हो,’ उनले भने। 
 

प्रकाशित मिति: १५:४७ बजे, शनिबार, चैत ३०, २०७५
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्