Kathmandu Press

चिनियाँ राष्ट्रपतिको भ्रमणले सुरक्षाकर्मीको दशैं विदा अस्विकृत, कर्मचारीको फोन ट्यापिङमा

काठमाडौं, असोज १६ : चिनियाँ राष्ट्रपति सि जिङपिङको भ्रमणलाई लक्षित गरेर सरकारले सुरक्षा योजना थप कडा

चिनियाँ राष्ट्रपतिको भ्रमणले सुरक्षाकर्मीको दशैं विदा अस्विकृत, कर्मचारीको फोन ट्यापिङमा
फाइल तस्वीर

काठमाडौं, असोज १६ : चिनियाँ राष्ट्रपति सि जिङपिङको भ्रमणलाई लक्षित गरेर सरकारले सुरक्षा योजना थप कडा बनाउने भएको छ।
 
राष्ट्रपति सीको भ्रमणलाई लक्षित गरेर सुरक्षा निकायका कर्मचारीको दशैं विदामा भारी कटौति गरिएको छ । विदा स्विकृत गरेका मध्य ६० प्रतिशतको दशैं विदा रद्द गरिएको छ । गृहमन्त्रालय स्रोतका अनुसार राष्ट्रिय अनुुसन्धान विभाग, नेपाल प्रहरी र सशस्त्र प्रहरीका उच्च अधिकारी सहितको विदा रद्द गरिएको हो। 

राष्ट्रिय अनुसन्धानका जवानहरुको विदा अधिकांशको रद्द गरिएको गृहस्रोतले जानकारी दिएको छ । ‘नेपालका पछिल्ल वर्षहरुमा छिटै हुन लागेको सवैभन्दा उच्चस्तरीय भमण भएकोले सुरक्षा दिनु राज्यको दायित्व हो, दशैं अर्को वर्ष पनि आउँछ,’ गृह मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘त्यसैले अधिकांशको विदा अस्विकृत गरिएको हो।’

भ्रमणको मिति सार्वजनिक नगरेको भएपनि भ्रमणमा सार्वजनिक विदा दिने र सवारीमा जोर विजोर प्रणाली लगाउने तयारी समेत गृहमन्त्रालयले गरेको छ । राजधानीका सुरक्षाका लागि १० हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन गर्ने तयारी छ।

Hardik ivf

चिनियाँ राष्ट्रपति सि विश्वकै प्रभावशाली व्यक्तिको सूचिमा छन् । राष्ट्रपति सी को सुरक्षाका लागि चार घेरा बनाउने रणनीति समेत गृहले गरेको छ । बाहिरी घेरामा नेपाली सेनाले सुरक्षा दिने छ । त्यस्तैगरी सशस्त्र प्रहरी दोस्रो घेरामा रहने छ । त्यस्तैगरी सिआइबीको घेरा र नेपाल प्रहरीको घेराले तेस्रो घेराबाट सुरक्षा दिने छ । सिलाई कुन–कुन रुटमा सवारी गराउने गृहले अन्तिम गरिसके पनि सुरक्षाका कारणले सार्वजनिक गरिएको छैन। 

चिनियाँ सुरक्षा अधिकारीहरु काठमाडौंमा एकसाता अगाडिनै आइसकेका छन् । चिनियाँ अधिकारीहरुले विमानस्थल, होटल र सवारी हुने रुटको बारेमा अनुसन्धान गरिरहेका छन् । नेपाल प्रहरी र चिनियाँ सुरक्षा अधिकारीहरुले संयुक्त रुपमा रेकी गरिरहेको समेत गृहमन्त्रालय स्रोतले दावी गरेको छ।

भारत भ्रमण समेत रहेकोले राष्ट्रपति सी इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल हुदै्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लने कार्यक्रम तय भएको छ । गृहका अधिकारीहरुका अनुसार सी काठमाडौंमा रात बस्ने नबस्ने अझै तय भैसकेको छैन। 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका खटिने कर्मचारीहरुको अन्तिम नामावली टुंगो गसिकेको विमानस्थल स्रोतले जानकारी दिएको छ । ‘ड्यिुटीमा खटिने सवै कर्मचारी तथा सुरक्षा निकायको फोन ट्रयापमा राखिएको छ,’ विमानस्थका एक अधिकारीले भने। 

विमानस्थलमा सवै निकायका गरेर एक सिफ्टमा ३ हजार कर्मचारी खटिने गरेका छन् । विमानस्थले राष्ट्रपति सी आउनु भन्दा १ घन्टा अगाडीनै विमानस्थल बन्द गर्ने गरी नोटाम जारी गर्ने तयारी समेत गरेको छ । ‘सोही अनुसार सवै एयरलाइन्सलाई आन्तरिक रुपटमा रुट मिलाउन एक साता अगाडीनै खवर गरिने छ,’ विमानस्थल स्रोतले भन्यो। 

राष्ट्रपति सी को भ्रमणका विभिन्न परियोजनामा हस्ताक्षर गर्ने योजना समेत सरकारले बनाएको छ । जसका लागी लगानी बोर्ड, राष्ट्रिय योजना आयोग, अर्थमन्त्रालय, भौतिक मन्त्रालय लगायतको संयुक्त टोलीले प्रस्ताव बनाएर चिनियाँ अधिकारीसंग छलफल गरिरहेको छ। 
 

प्रकाशित मिति: १८:४० बजे, बिहीबार, असोज १६, २०७६
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्