चौतर्फी आलोचनापछि पशुपतिको आरतीमा राष्ट्रिय गान बजाउन बन्द
काठमाडौं, भदौ २४ : चौतर्फी आलोचनापछि पशुपतिनाथको मन्दिरमा आरति अगाडि राष्ट्रिय गान बजाउन छाडीएको छ ।

काठमाडौं, भदौ २४ : चौतर्फी आलोचनापछि पशुपतिनाथको मन्दिरमा आरति अगाडि राष्ट्रिय गान बजाउन छाडीएको छ ।
गत साता संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आरति अगाडि राष्ट्रिय धुन बजाउन निर्देशन दिएका थिए ।उक्त निर्देशनलाई लिएर मन्त्रीको व्यापक आलोचना भएको थियो । चौतर्फि आलोचना भएपछि सोमबारसाँझ देखिनै राष्ट्रिय गान नबजाउन सदस्य सचिव मार्फत पर्यटन मन्त्री भट्टराईले निर्देशन दिएका थिए ।
राष्ट्रिय गान बजाउन दिएको निर्देशन सामाजिक संजाल देखि संस्कृतविद्हरुले चर्को विरोध गरेका थिए । २०६४ सालदेखि पशुपति परिसरमा साँझमा आरति सुरु गरिएको हो।
अघिल्लो साता पशुपति क्षेत्र अवलोकनमा गएका मन्त्री भट्टराईले पशुपति मा प्रत्येक साँझ गरिने आरति अगाडि राष्ट्रिय गान बजाउन निर्देशन दिएपछि विवाद बढेको थियो ।
यो पनि पढ्नुहोस् : पर्यटनमन्त्रीका चार विवाद : पशुपतिको आरतिमा राष्ट्रिय गानदेखि एयरलाइन्सको टिकट छुटसम्म
पशुपतिमा मन्त्री भट्टराईले आरतिलाई राष्ट्रियतासँग जोड्नु संस्कृतिमाथिको हस्तक्षेप समेत भन्दै विरोध जनाइएका थिए । जसको पशुपति क्षेत्र विकास कोषका पूर्वसदस्य सचिव डा.गोविन्द टन्डनले सार्ववजनिक रुपमै विरोध गर्दै तत्काल निर्देशन फिर्ता लिन माग समेत गरेका थिए ।












![सुनिल थापालाई अन्तिम श्रद्धाञ्जली [तस्बिरहरु]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1770543019.jpg)