Kathmandu Press

नेपाल एयरलाइन्सलाई उछिनेर बेइजिङ उड्दै हिमालय एयरलान्स  

काठमाडौं, भदौ १ : प्रधानमन्त्री केपी ओली निटक व्यापारीको मुख्य शेयर रहेको निजी क्षेत्रको लगानीमा स्थ

नेपाल एयरलाइन्सलाई उछिनेर बेइजिङ उड्दै हिमालय एयरलान्स  

काठमाडौं, भदौ १ : प्रधानमन्त्री केपी ओली निटक व्यापारीको मुख्य शेयर रहेको निजी क्षेत्रको लगानीमा स्थापित हिमायल एयरलाइन्सले चीनको राजधानी बेइजिङको दासिङ विमानस्थलमा कात्तिकदेखि उडान गर्ने तयारी थालेको छ। 

हिमालयले बेइजिङ मात्रै नभएर बेइजिङ सहित पाँच वटा गन्तव्यमा उडान गर्नका लागि प्रक्रियानै सुरु गरेको छ। 

केही साता अगाडी मात्रै हिमालयलाई चीनले बेइजिङ उडानको अनुमति दिइसकेको हो । नेपालको एक मात्र राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले ३ वर्षदेखि चीनको गन्जाओ उडान गर्नका लागि अनुमति मागेपनि हालसम्म पाउन सकेको छैन। 

Hardik ivf

तीन वर्षपछि आएर बल्ल चीनको हवाई उड्डयनले नेपाल वायुसेवा निगमको अडिटको तयारी थालेको छ।  

नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले चीन उडान गर्न नसकिरहेकोवेला प्रधानमन्त्री केपी ओली निकट व्यापारी सोनाम छिरिङ शेर्पा मुख्य लगानीकर्ता रहेको हिमालयले भने चीनमा आक्रामक उडानको प्रक्रिया थालेको हो। 

हिमालयले एयरवस ३३० भाडामा ल्याउने प्रक्रिया समेत सुरु गरेकोले छिट्टै चीनको राजधानी बेइजिङमा निर्माण भएको अत्याधुनिक नयाँ विमानस्थलमा उडानको तयारी गरेको छ । केही साता आगाडी मात्रै नेपाल वायुसेवा निगमलाई सुरक्षा अडिट पछि मात्रै उडान अनुमति दिने पत्र चीनले पठाएको थियो। 

जसको समय अझै एकवर्ष लम्बिने पक्का भइसकेको मन्त्रालयका अधिकारीहरुको बुझाई छ। 

चीन उडानको अनुमति नपाउँदा नेपाल वायुसेवा निगमले खरिद गरेको एयरवस ३३० जहाजको नयाँ गन्तव्य पाउन सकेको छैन । नेपालको हवाई आकाशलाई युरोपेली आयोग आएसाले सन् २०१३ देखि कालो सूचिमा राख्दै आएको छ । जसका कारण चीनले पनि नेपालको हवाई सुरक्षा अडिट पछि मात्र्र अनुमति दिने जवाफ दिएको छ।

 हिमालय एयरलाइन्सको एयरवस ३३० जहाज भाडामा लिएर बेइजिङको नयाँ सुविधासम्पन्न दासिङ अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्नेगरी प्रक्रिया अगाडी बढाएको हो । ३३० जहाज ल्याउनका लागि प्रक्रिया समेत सुरु गरेको हिमालय एयरलाइन्सले जनाएको छ। 

एयरलाइन्सले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मार्फत चीनका पाँच वटा गन्तव्यमा उडानको प्रक्रिया सुरु गरेको हो । चीनले सन् २०१४ देखि निर्माण सुरु गरेको विमानस्थलमा परिक्षण उडान यसै वर्ष गरेको थियो। 

चीनले १२ विलियन अमेरिकी डलरमा बेइजिङमा नयाँ विमानस्थल बनाएको छ ।  सोही विमानस्थलमा हिमालयले उडान गर्नेगरी प्रक्रिया अगाडी बढाएको छ ।    
हिमालयले हाल भने चीनको चोङकिङ शहरमा चार्टर उडान गरिरहेको छ । हिमालयले चोङकिङ विमानस्थल सहित बेइजिङ, सांघाई, ग्वाङजाओ र तियानजिन शहरमा सेडुवल उडान गर्नेगरी प्रक्रिया आगाडी बढाएको छ। 

हिमायल एयरलान्सको चीनको नागरिक उड्डयनले हवाई सुरक्षा सम्बन्धी अडिट समेत सम्पन्न गरिसकेको छ । जसमा हिमालय एयरलाइन्स अडिटमा पास भएकोले पनि चीनले उडान अनुमति छिटो दिएको हो । एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले हिमालयले चीनमा गन्तव्य विस्तारमा लागेको बताए । बेइजिङ पहिलो नियमित उडान हुने दावी श्रेष्ठको छ।  

चीनबाट नेपाल आउने चिनियाँ एयरलाइन्सको कार्टेलिङका कारण हवाई भाडा अत्याधिक महंगो तिर्न यात्रुहरु बाध्य छन् । हिमालयले बेइजिङ सुरु गरेपछि भाडा र सहजता समेत हुने भएको पर्यटक बढ्ने पर्यटन व्यवसायीको समेत दावी छ। 

नेपालीहरुको पछिल्लो समय चीन जानेक्रम बढ्दो छ । खासगरी नेपाल र चीनका दुवै तर्फका व्यवसायीहरु बाक्लो रुपमा आउने जाने क्रम समेत बढेको छ । जसका कारण पनि चीन तर्फ नेपालका एयरलाइन्सहरुले उडान गर्न लामो समय देखि प्रयास जारी गरेका छन्। 

हिमालय एयरलान्सले हाल आबुदाबी, दमाम, ढाका, दोहा, दुवही र क्वालालम्पुर उडान गर्दै आएको छ । नेपालमा चीन तर्फबाट दैनिक आधा दर्जन उडान हुने गरेको भएपनि नेपालबाट भने कुनै पनि एयरलाइन्सलाई अनुमति दिएको छैन । नेपाल वायुसेवा निगमले तीन वर्ष देखि ग्वाङजाओ उडान गर्न अनुमति मागेको भएपनि हालसम्म दिएको छैन। 

गतवर्ष नेपाल आउने चिनियाँ पर्यटकको संख्यामा ४८.८ प्रतिशतले वृद्धि भएको छ । नेपाली पर्यटन बजारमा भारत पहिलो र चीन दोस्रो स्थानमा रहेको छ । नेपाल आउने कुल पर्यटक संख्यामा १४.४ प्रतिशत चिनियाँ पर्यटक रहेका छन्। 

चीन बाट आउने एयरलाइन्सहरुले अत्याधिक भाडा महंगो लिएका कारण पनि चिनियाँहरु नेपाल आउन पाएका छैनन । नेपालबाट उडान भएमा भाडादर घट्ने चिनियाँ पर्यटक ह्यात्वै बढ्ने अनुमान सरकारी अधिकारीको छ। 

यती वल्र्ड इन्भेष्टमेन्ट कम्पनी र तिव्वत एयरलाइन्सको लगानी रहेको छ । जसमा  ५१ प्रतिशत नेपाली र ४९ प्रतिशत तिब्बत एयरलाइन्सको लगानी छ ।  एयरलाइन्ससंग एयरवस ३२० सिरिजका तीन थान जहाज रहेका छन्। 

प्रकाशित मिति: १९:३७ बजे, आइतबार, भदौ १, २०७६
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्