महालेखाको प्रतिवेदन सार्वजनिकः एक खर्ब ६ अर्ब ३४ करोड रकम बेरुजु
काठमाडौं, चैत २९ : गत आर्थिक वर्षमा एक खर्ब ६ अर्ब ३४ करोड रकम बेरुजु देखिएको छ।
महालेखाले शुक्रबार सार्वजनिक गरेको ५६ औं वार्षिक प्रत....

काठमाडौं, चैत २९ : गत आर्थिक वर्षमा एक खर्ब ६ अर्ब ३४ करोड रकम बेरुजु देखिएको छ।
महालेखाले शुक्रबार सार्वजनिक गरेको ५६ औं वार्षिक प्रतिवेदनले आर्थिक वर्ष ०७४–७५ मा एक खर्ब ६ अर्ब ३४ करोड रकम बेरुजु भएको देखाएको हो। सबैभन्दा बढी स्थानीय तहमा २४ अर्ब रकम बेरुजु देखिएको महालेखा परीक्षक टंकमणी शर्माले जानकारी दिए। महालेखा परीक्षको कार्यालयले ५९ खर्ब ७२ करोडको लेखा परीक्षण गरेको थियो।
हालसम्म ६ खर्ब ८३ अर्ब ६६ करोड रुपैयाँ कुल बेरुजु रहेको शर्माले जानकारी दिए। गत वर्ष १९ अर्ब ५४ अर्ब ६४ करोड वेरुजु फ्र्छौंट भएको भने असार २५ पछि मात्रै १८ अर्ब बजेट रकमान्तर गरिएको पाइएको छ। महालेखाले ५५ औं प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष शुक्रबारै पेश गरेको थियो।










