Kathmandu Press

मलेसिया जान चार दिनमा ६४ जनाले लिए श्रम स्वीकृति

काठमाडौं, चैत २९ : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कलिङ भिसामार्फत मलेसिया जाने कामदारका लागि खुला गरेपछि चार दिनमा ६४ जनाले श्रम कार्याल....

मलेसिया जान चार दिनमा ६४ जनाले लिए श्रम स्वीकृति
फाइल फोटो

काठमाडौं, चैत २९ : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कलिङ भिसामार्फत मलेसिया जाने कामदारका लागि खुला गरेपछि चार दिनमा ६४ जनाले श्रम कार्यालय ताहाचलबाट स्वीकृति लिएका छन्। 

सरकारले चैत १७ गतेदेखि खुला गरेपछि कार्यालयले चैत २५ गतेदेखि श्रम स्वीकृति दिन थालेको कार्यालयका महानिर्देशक देवेन्द्र कार्कीले जानकारी दिए। 'सरकारले खुला गरेपछि मलेसिया जाने नेपाली कामदारलाई केही राहत मिलेको छ', उनले भने। सरकारले गत जेठदेखि मलेसिया जाने कामदारलाई श्रम स्वीकृति दिन रोक लगाए पनि कामदार भने जान नछाडेको उनले बनताए। 

मलेसियाबाट सात हजार ५०० ले कलिङ भिसा पाइसकेका छन्। भिसा पाएका सम्पूर्ण कामदारलाई नियमित रुपमा श्रम स्वीकृति दिइने बताइएको छ। 

प्रकाशित मिति: १६:३३ बजे, शुक्रबार, चैत २९, २०७५
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्