Kathmandu Press

दुईपटक लक्ष्य घटाउँदा पनि राजश्व उठाउन सरकार असफल

काठमाडौं, साउन १ : सरकारले लक्ष्यअनुसार राजश्व उठाउन अफसल भएकाे छ। आर्थिक वर्ष २०७५/७६ मा सरकारले ८

दुईपटक लक्ष्य घटाउँदा पनि राजश्व उठाउन सरकार असफल
फाइल फोटो

काठमाडौं, साउन १ : सरकारले लक्ष्यअनुसार राजश्व उठाउन अफसल भएकाे छ। आर्थिक वर्ष २०७५/७६ मा सरकारले ८ खर्ब ६० अर्ब रुपैयाँ राजश्व उठाउने लक्ष्य राखेकाे थियाे । तर असार ३१ गते रातीसम्म ८ खर्ब ३५ अर्ब रुपैयाँ मात्रै राजश्व उठेकाे छ । दुईपटक संसाेधन गरेर घटाएकाे राजश्व लक्ष्य उठाउन सरकार अफसल भएकाे छ ।

बजेटमा ९ खर्ब ४५ अर्ब रुपैयाँ राजश्व उठाउने महत्वाकांक्षी लक्ष्य लिएकाे थियाे। लक्षित राजश्व उठ्ने सम्भावना नदेखेपछि सरकारले सो लक्ष्य घटाएर ८ खर्ब ६० अर्ब रुपैयाँकाे लक्ष्य राखेकाे थियाे। लक्ष्यअनुसार १ खर्ब ३५ अर्ब रुपैयाँ उठाउन सरकार असफल भएको हो भने संसाेधित लक्ष्यमा पनि २५ अर्ब रुपैयाँ कम राजश्व उठेकाे छ। 

Hardik ivf

सरकारले  आयकर, मूल्य अभिवृद्धि कर (भ्याट) र अन्तशुल्क लक्ष्यअनुसार असुली नभएपछि राजश्व लक्ष्यमा असर परेकाे छ । 

अर्थमन्त्री डा. युवराज खतिवडाले लक्ष्यअनुसार नउठ्ने भएपछि ६ महिनाको मध्यावधि मूल्याँकनमा राजश्व लक्ष्य घटाएर ९ खर्ब १७ अर्ब रुपैयाँमा झारिएको थियो । यो लक्ष्य पनि पुरा नहुने भएपछि अर्थमन्त्री  खतिवडाले चालु आर्थिक वर्षको बजेटमा ८ खर्ब ६० अर्ब रुपैयाँ संशोधित अनुमान सार्वजनिक गरेका थिए ।  

पछिल्लो संसाेधित लक्ष्यकाे  २५ अर्ब रुपैयाँ कम राजश्व संकलन गरेकाे सरकारले आर्थिक वर्ष २०७६/७७ मा पनि ९ खर्ब ८० अर्ब रुपैयाँ राजश्व लक्ष्य पुरा हुने संभावना न्यून देखिएकाे छ ।  

यस्तैगरी सरकार आयकरकाे लक्ष्यमा समेत असफल भएकाे छ । १ खर्ब ९० अर्ब रुपैयाँ आयकर उठेको छ, तर २ खर्ब ९ अर्ब ६८ करोड रुपैयाँ आयकर उठाउने लक्ष्य राखिएको थियाे । 

२ खर्ब ५० अर्बकाे मूल्य अभिवृद्धि कर (भ्याट) असुली लक्ष्य लिएकाेमा  कम भएको छ । २ खर्ब ४० अर्ब रुपैयाँ मात्रै उठेको छ । 

अघिल्लो  आर्थिक वर्ष २०७४/७५ मा  ७ खर्ब ३० अर्ब रुपैयाँ राजश्व संकलन लक्ष्य लिएकोमा ७ खर्ब २८ अर्ब रुपैयाँ राजश्व संकलन भएकाे थियाे ।

प्रकाशित मिति: ०९:०२ बजे, बुधबार, साउन १, २०७६
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्