Kathmandu Press

सरकारको अराजकता र प्रतिपक्ष कांग्रेसको मौनताविरुद्ध नेविसंघको खबरदारी

काठमाडौं, चैत २९ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा नेतृत्वको दुई तिहाई बहुमतको सरकारले एक वर्षमा पनि जनताको भावनाअनुरूप काम गर्न....

सरकारको अराजकता र प्रतिपक्ष कांग्रेसको मौनताविरुद्ध नेविसंघको खबरदारी

काठमाडौं, चैत २९ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा नेतृत्वको दुई तिहाई बहुमतको सरकारले एक वर्षमा पनि जनताको भावनाअनुरूप काम गर्न नसकिरहेका बेला प्रतिपक्षी दल कांग्रेसले खराे रूपमा उत्रिन नसकेको भन्दै नेपाल विद्यार्थी संघले खबरदारी सभा गरेको छ। 

शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा नेविसंघका निवर्तमान महामन्त्री कुन्दनराज काफ्लेको वर्तमान सरकारले महँगी, भ्रष्टाचार र बलात्कारलाई निरुत्साहित गर्नुको सट्टा उल्टै प्रश्रय दिइरहेको आरोप लगाए।

सरकारको अराजकतामा कांग्रेस नेतृत्व मौन रहेकोमा आक्रोशित हुँदै काफ्लेले भने,'हाम्रो पार्टीका सभापति पार्टी कब्जा गर्न ब्यस्त हुनुहुन्छ। उता प्रधानमन्त्री देश कब्जा गर्न यी दुबै अधिनायकवादी नेतृत्वको खिलापमा हाम्रो अभियान हो। सभापति गुटभन्दा माथि उठेर समग्र पार्टीको नेता बन्न अनुरोध गर्दछु।'

काफ्लेले नेविसंघको तदर्थ समिति विधान अनुसार ३२ वर्षमूनिको बनाउनु पर्ने माग गरे। उनले विधान मिच्ने काम पार्टी नेतृत्वबाट भए विधानमाथि टेकेर अर्को समिति ल्याउन बनाउने चेतावनी दिए।

सरकारको अराजकतामा कांग्रेसले मौनता साधेका कारण आफ्नै मातृ पार्टी कांग्रेसविरुद्ध खबरदारी गर्नुपरेको नेविसंघका निवर्तमान केन्द्रीय सदस्य सुशील भट्टले बताए। 

कार्यक्रममा उपत्यकाका विभिन्न क्याम्पसका नेता–कार्यकर्ताको उपस्थिति थियो। कार्यक्रममा नेवि संघका नेताहरू डिल्लीराम सुवेदी,बलदेव तिमल्सिना, माधव ढकाल,  युवराज पाण्ड, जीत शेरचन, विपिन अधिकारी, नवराज त्रिपाठी, हरि आचार्य लगायतले सम्वोधन गरेका थिए।
 
कार्यक्रमका वक्ताहरूले वर्तमान सरकार अराजक बन्नुमा सरकार जति जिम्मेवार छ त्यति नै प्रतिपक्षी दल कांग्रेस पनि जिम्मेवार रहेको बताएका थिए। प्रतिपक्षी कांग्रेसले खबरदारी नगरेकै कारण सरकारले एकपछि अर्को गलत काम गर्दै अघि बढेको उनीहरूको आरोप छ।
 

प्रकाशित मिति: १६:२५ बजे, शुक्रबार, चैत २९, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्