Kathmandu Press

(अपडेट) देशभर बाढीपहिरोमा परी १५ जनाको मृत्यु, ८ बेपत्ता 

काठमाडौं, असार २७ : अविरल वर्षासँगै आएको बाढी पहिरोमा परी देशभर १५ जनाको मृत्यु भएको छ। अन्य ८

(अपडेट) देशभर बाढीपहिरोमा परी १५ जनाको मृत्यु, ८ बेपत्ता 

काठमाडौं, असार २७ : अविरल वर्षासँगै आएको बाढी पहिरोमा परी देशभर १५ जनाको मृत्यु भएको छ। अन्य ८ जना वेपत्ता भएका छन् भने १२ जना घाइते भएका छन्।

बिहीबार साँझदेखि परेको अविरल वर्षापछि पहिलोले घर पुरिँदा काठमाडौंको मुलपानी र खोटाङको खोटेहाङ गाउँपालिका–२ वाप्लुखामा तीन-तीन जनाको मृत्यु भएको छ। देशभर बाढी पहिरो जाने क्रम बढेकाले मृतक तथा वेपत्ता भएकाहरुको एकिन विवरण आउन सकेको छैन।

गृह मन्त्रलयका सूचना अधिकारी उमाकान्त अधिकारीले देशभरको विवतण संकलनको काम भइरहेकाले मृतक र बेपत्ता हुनेको संख्या अझै बढ्न सक्ने बताए।

Hardik ivf

काठमाडौंमा घर पुरिँदा तीनको मृत्यु 

काठमाडौंको मुलपानीमा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ। 

कागेश्वर मनहरा नगरपालिकास्थित मुलपानीमा शुक्रबार पहिरोले घर पुरिँदा २० वर्षीया निलु यादव, ३५ वर्षीया सर्मिला यादव र १० वर्षीय १० वर्षीय कुन्दन यादवको मृत्यु भएको काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए।  

उनीहरु बारा घर भई हाल कागेश्वर मनहरा नगरपालिकास्थित मुलपानीमा बस्दै आएका थिए। 

खोटाङमा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु

खोटाङमा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ।  खोटेहाङ गाउँपालिका–२ वाप्लुखाका विष्णु राईको घर पहिरोले पुरिँदा उनकी श्रीमती रेखा, छोराहरु रोमन र रोहन राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी वामदेव गौतमले जानकारी दिए।

शुक्रबार बिहान घरमाथि रहेको सडकबाट खसेको पहिरोले घर पुरिँदा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ। पहिरोमा परी घरमुली विष्णु राई घाइते भएका छन्। उनलाई स्थानीयले उद्धार गरी उपचारका लागि अस्पताल भर्ना गरेको प्रहरीले जनाएको छ। पहिरोमा पुरिएका तीनै जनाको शव प्रहरी र स्थानीयवासीको सहयोगमा बाहिर निकालिएको थियो। 

काभ्रेमा पहिरोले घर पुरिँदा दुईको मृत्यु

काभ्रेमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ। अन्य दुई जना घाइते भएका छन्।

बनेपा नगरपालिका–३ रामप्रसाद दंगालको घर पहिरोले पुरिँदा उनकी श्रीमती गोमा दंगाल र  ७ वर्षीया नातिनी सोहनी दंगालको मृत्यु भएको प्रहरीले जनाएको छ।

यस्तै, बुहारी सुशीला दंगाल र अर्की ३ महिनाकी नातिनी अनुष्का दंगाल घाइते भएका छन्। उनीहरुको मेमोरियल अस्पताल उपचार भइरहेको काभ्रे प्रहरी प्रमुख एसपी जयराज सापकोटाले जानकारी दिए।

भोजपुरमा दुई जनाको मृत्यु

भोजपुरमा पर्खाल र शौचालय भत्किँदा दुई जनाको मृत्यु भएको छ। पर्खाल भत्किँदा रामप्रसाद राई गाउँपालिका–७, बासिखोराका ६६ वर्षीय जगतबहादुर राईको मृत्यु भएको प्रहरीले जनाएको छ। यस्तै, टेम्केमैयुङ गाउँपालिका–९ लेखर्कमा शौचालय भत्किँदा शौच गर्न १४ वर्षीय जनक विकको च्यापिएर मृत्यु भएको प्रहरीले जनाएको छ।

रामेछापमा गोठ भत्किँदा एकको मृत्यु 

वर्षाका कारण रामेछापमा गोठ भत्किँदा एक जनाको मृत्यु भएको छ। शुक्रबार बिहान ७ बजेतिर गोठ भत्किँदा रामपुरकी अन्दाजी ७० वर्षीया पद्मा कुमारी सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ। उनकी बुहारी अन्दाजी ४० वर्षीया बसुली सुनार भाइते भएकी छन्। 

सिन्धुली पहिरोले गोठ बगाउँदा एकको मृत्यु

सिन्धुलीको फिक्कल गाउँपालिका–१, महादेवडाँडामा पहिरोले गोठ बगाउँदा हेमकुमारी सुनुवारको मृत्यु भएको छ। बिहान गाईलाई कुँडो दिँदै गर्दा पहिरोले गोठ बगाउँदा र त्यसमा परी सुनुवारको मृत्यु भएको हो।

मकवानपुर खोलाले बगाउँदा बालिकाको मृत्यु

मकवानपुरमा खोलाले बगाउँदा एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा थाहा नगरपालिका वडा नम्बर–३, की सञ्चनम बलामी रहेको प्रहरीले जनाएको छ। बालिकाको तत्काल उद्धार गरी अस्पताल पुर्‍याइएपनि उपचारका क्रममा अस्पतालमै मृत्यु भएको हो।

ललितपुरमा एक बालकको मृत्यु

ललितपुरमा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ललितपुरका ११ वर्षीय बालक सरोज जिम्बा रहेको प्रहरीले जनाएको छ।

पर्सामा खोलाले बगाउँदा एकको मृत्यु

पर्साको पर्सागढी नगरपालिका– १ मा खोलाले बगाएर एक बालकको मृत्यु भएको छ। सिंग्याइ खोलाले बगाएर ल्याएका दाउरा निकाल्ने क्रममा डुबेर १० वर्षीय निखिल कट्टेलको मृत्यु भएको हो।

प्रकाशित मिति: १४:५२ बजे, शुक्रबार, असार २७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्