Kathmandu Press

आफ्नै छोरीलाई बलात्कार गर्ने बाबु पक्राउ 

चितवन, चैत २९ : चितवनको खैरहनीमा आफ्नै छोरी बलात्कार गरेको आरोपमा एक व्यक्तिलाई चितवन प्रहरीले पक्राउ गरेको छ। फरार रहेका खैरहनी नगरपालिकाका ३९ वर्षीय....

आफ्नै छोरीलाई बलात्कार गर्ने बाबु पक्राउ 
सांकेतिक तस्वीर

चितवन, चैत २९ : चितवनको खैरहनीमा आफ्नै छोरी बलात्कार गरेको आरोपमा एक व्यक्तिलाई चितवन प्रहरीले पक्राउ गरेको छ। फरार रहेका खैरहनी नगरपालिकाका ३९ वर्षीय ती व्यक्तिलाई नुवाकोटबाट पक्राउ गरिएको हो।

पक्राउ गरिएको उनलाई चितवन ल्याई अनुसन्धान शुरु गरिएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार उनलाई नुवाकोटमा आफन्तको घरबाट पक्राउ गरिएको हो। 

उनले आफ्नै १५ वर्षीया छोरीलाई पटक-पटक करणी गरेको भन्दै छोरीले केही दिनअघि इलाका प्रहरी कार्यालय खैरहनीमा जाहेरी दर्ता गराएकी थिइन्। नुवाकोटबाट पक्राउ परेका उनलाई बिहीबार चितवन ल्याइएको हो। 

प्रकाशित मिति: १६:१२ बजे, शुक्रबार, चैत २९, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्