Kathmandu Press

आईफा अवार्ड नेपालमा नगरिने

काठमाडौं, असार १८ : भारतीय फिल्म अवार्ड (आईफा)काे आयोजना नेपालमा नहुने भएको छ। नेपाल पर्यटन बोर्डले

आईफा अवार्ड नेपालमा नगरिने

काठमाडौं, असार १८ : भारतीय फिल्म अवार्ड (आईफा)काे आयोजना नेपालमा नहुने भएको छ। नेपाल पर्यटन बोर्डले आईफा अवार्ड नगर्ने निर्णय गरेकाे हाे।

अवार्डको चौतर्फी विरोधपछि सरकारले उक्त अवार्ड कार्यक्रम नेपालमा नगर्ने निर्णय गर्न बाेर्डलाई निर्देशन दिएकाे हाे। हिजो संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले समेत अवार्ड कार्यक्रम नगर्न निर्देशन दिएको थियो।  

Hardik ivf

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिपकराज जोशीले तत्कालका लागि आइफा अवार्डको कार्यक्रम नगर्ने निर्णयमा पुगेको जानकारी दिए। सरकारले अवार्डको संयोजनको जिम्मेवारी नेपाल पर्यटन बोर्डलाई दिएको थियो  । 

बाेर्डले हिजाे आईफा अवार्ड नेपालमा आयाेजना नगर्ने निर्णय गरेकाे हाे।

गत असार ८ गते मन्त्रिपरिषद बैठकले उक्त अवार्ड कार्यक्रम नेपालमा गर्ने निर्णय गरेको थियो।

अवार्ड कार्यक्रमका लागि काठमाडौं महानगरपालिकाले ४४ करोड रुपैयाँ अनुदान दिने समेत जनाएको थियो।

 

प्रकाशित मिति: १४:०९ बजे, बुधबार, असार १८, २०७६
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्