Kathmandu Press

गर्मी छल्न चिसो स्वीमिङ पुलमा झ्वाम्म (भिडियो स्टोरी)

काठमाडौं, असार ७ :  धापासीकी ३१ वर्षीया कामना थापा अचेल साँझ अफिसबाट सोझै घर जाँदिनन्, स्व

गर्मी छल्न चिसो स्वीमिङ पुलमा झ्वाम्म (भिडियो स्टोरी)
रिवाज राई

काठमाडौं, असार ७ :  धापासीकी ३१ वर्षीया कामना थापा अचेल साँझ अफिसबाट सोझै घर जाँदिनन्, स्वीमिङ पुल जान्छिन्। सफा र चिसो पानीले भरिएको निलो स्वीमिङ पुलमा झ्वाम्म हाम्फालेपछि मात्रै उनको दिनभरिको थकान र तनाव दूर हुन्छ।

पेशाले मेकानिकल इन्जिनियर उनी कहिलेकाहीँ कामको चापले साँझ अबेरसम्म अफिसमै बस्न बाध्य हुन्छिन्। स्वीमिङ जान पाउँदिनन्। एक दिन मात्रै स्वीमिङ गर्न नपाउँदा पनि खाना नै नपचेको जस्तो हुन्छ रे, उनलाई। 

काठमाडौंको चप्पल कारखानास्थित क्लब प्याराडाइज इन्टरनेशनलमा स्वीमिङ खेल्दै उनले भनिन्, ‘अफिस भ्याएर स्वीमिङ खेल्न तुफान कुदेर आउँछु।’ ]

Hardik ivf

काठमाडौंमा अहिले गर्मी बढेको छ। मनसुन भित्रिए पनि उपत्यका बाफिन छोडेको छैन। यसैले, अहिलेका काठमाडौंका स्वीमिङ पुलहरूमा पौडी खेल्नेको भीड हुन्छ। शनिबार वा अरु छुट्टीको दिन त स्वीमिङ पुलमा खुट्टा टेक्ने ठाउँ पाउन पनि मुश्किल पर्छ।

कुनै समय अलि हुनेखाने नेपालीहरू मात्रै स्वीमिङ खेल्न जान्थे। काठमाडौंमा रहेका स्वीमिङ पुलको संख्या पनि औंलामा गन्न सकिने थियो। व्यावसायिक रुपमा सञ्चालित स्वीमिङ पुल छँदै थिएन भन्दा पनि हुन्छ। पौडी पारखीहरू  महेन्द्र पुलिस क्लब, बालाजु र रंगशाला नै जानुपर्ने बाध्यता थियो।

भिडियो स्टोरी

अहिले निजी स्तरबाट ठाउँठाउँमा स्वीमिङ पुलहरू खुलेका छन्। क्लब प्याराडाइज इन्टरनेशनलका संचालक बद्री महत भन्छन्, ‘हाम्रो क्लब खुलेपछि पनि हाम्रै आसपास ५–६ वटा नयाँ स्वीमिङ पुलहरु थपिएका छन्।’

क्लब प्याराडाइज सात वर्षअघि फिटनेश क्लबको रुपमा खुलेको थियो। चार वर्षअघि क्लब प्याराडाइजमा स्वीमिङ पुल पनि बनाइयो। वितेको ४ वर्षको अवधिमा पौडी खेल्न रुचाउनेहरूको संख्या अत्यधिक बढेको उनी बताउँछन्। 


 

प्रकाशित मिति: ११:३५ बजे, शनिबार, असार ७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्