गुठी विधेयकको खबरदारीमा जनआन्दोलनको झल्को
काठमाडौं, असार ४ : सरकारले गुठी विधेयक फिर्ता लिएपनि आज माइतीघर मण्डलमा प्रदर्शन गरिएको छ।

काठमाडौं, असार ४ : सरकारले गुठी विधेयक फिर्ता लिएपनि आज माइतीघर मण्डलमा प्रदर्शन गरिएको छ।
जनआन्दोलनको झल्को दिने गरी माइतीघर मण्डलमा भएकाे प्रदर्शनमा उपत्यकाका तीन जिल्लाका बासिन्दा सहभागी थिए। गुठी विधेयक प्रतिरोध संयुक्त कार्यक्रमको आयोजनामा प्रदर्शन गरिएको हो।
खबरदारी सभामा सहभागीहरू विभिन्न पहिरनमा थिए। उनीहरू आ–आफ्नो संस्कृति झल्किने झाँकी समेत प्रस्तुत गरेका थिए।
कोही शंख फुकिरहेका थिए भने कोही नाचिरहेका थिए। सरकार र गुठी विधेयकविरुद्ध चर्का नाराबाजी पनि भएका थिए।
कतिपयले जनआन्दोलनपछि पहिलो पटक माइतीघर पुगेको बताए। उनीहरूको भनाइ थियो, सरकारले हाम्रो संस्कृति मास्न लागेकाले आन्दोलनमा आएका हौं।
आज बिहानैदेखि काठमाडौं, भक्तपुर र ललितपुरका नेवार समुदाय संस्कृति जगेर्नासम्बन्धी प्लेकार्ड बोकेर माइतीघर मण्डल पुगेका हुन्। सरकारले विधेयक फिर्ताको घोषणा गरेपनि उनीहरू ढुक्क छैनन्।
विरोध सभामा सहभागी नवीन रणजीतले भने, ‘काठमाडौंको सडकमा विशाल मानवसागर ओर्लिन्छ भनेर थाहा पाएर सरकारले विधेयक फिर्ता लिन्छु भन्ने चाल मात्रै चलेको हो।’
यसको खारेज हुने पर्ने उननको भनाइ छ। ‘फिर्तामा हामी सन्तुष्ट छैनौ, विधेयक खारेज नै हुनुपर्छ। खारेज नभएसम्म हाम्रो आन्दोलन जारी नै रहन्छ,’ सम्पदा सरक्षण नेपालका सदस्य रणजीतले भने।
बुवा, बाजे गुठीमा गएर सांस्कृतिक कर्म गरेको देख्दै आएका ७० वर्षीय आशारत्न शाक्य पनि गुठी बिधेयक खारेजीको माग गर्दै माइतीघर पुगे। ‘हाम्रो सरकार दुई जिब्रे छ। आज एउटा कुरा गर्छ फेरि भोलि अर्को कुरा गर्छ,’ शाक्यले भने, ‘भोलि फिर्ता गर्ने भनेकै छैन भनेर जनतालाई झुक्याउन सक्छ त्यसैले हामी अझै पनि सडकमा उक्रिएका छौं।’
आजको खबरदारी सभामा एक घरबाट एक जना सहभागी भएका छन्। सरकारले गुठी विधेयक खारेज गरेर चित्त बुझ्दो निर्णय नलिएसम्म आन्दोलन नरोकिने उनीहरूको भनाइ छ।
खबरदारी सभामा पनि त्यस्तै नारा लागेको थियो, ‘गुठी विधेयक फिर्ता होइन खारेज गर।’
प्रदर्शनका केही दृश्य :












-(7)-1765197040.jpg)