Kathmandu Press

‘यात्रा’ र ‘ए मेरो हजुर-३’को प्रतिस्पर्धा

काठमाडौं, चैत २९ : नयाँ वर्षलाई लक्षित गरेर आज दुइटा फिल्म रिलिज भएका छन्।

यस वर्ष रिलिज भएका अन्तिम फिल्म ‘यात्रा’ र ‘ए म....

‘यात्रा’ र ‘ए मेरो हजुर-३’को प्रतिस्पर्धा

काठमाडौं, चैत २९ : नयाँ वर्षलाई लक्षित गरेर आज दुइटा फिल्म रिलिज भएका छन्।

यस वर्ष रिलिज भएका अन्तिम फिल्म ‘यात्रा’ र ‘ए मेरो हजुर–३’ नयाँ वर्षको सुरुआति भिडिन्तका रुपमा लिइएको छ । ‘ए मेरो हजुर–३’ अभिनेत्री झरना थापाले निर्देशन गरेकी हुन भने ‘यात्रा’ निर्देशक सम्राट शाक्यको ‘डेब्यू’ फिल्म हो।

Hardik ivf

दुवै फिल्मबीच यस अघि रिजिल मितिलाई लिएर पनि विवाद भएको थियो । फिल्मको पोस्टर पनि विवादमा तानिए । ‘यात्रा’को पोस्टर छोपेर ‘ए मेरो हजुर–३’को पोस्टर टाँसिएका फोटो सामाजिक संजालमा आएका थिए।

तथापि, दुवै फिल्म देशभरका हलमा रिजिल भएका छन् । ‘ए मेरो हजुर–३’मा निर्देशक थापाकी छोरी सुहानाले पनि डेब्यू गरेकी छन् । यसमा अनमोल केसी, सलोन बस्नेत, अर्पन थापा, रविन्द्र झा, सरोज खनाल, रियर राईको अभिनय रहेको छ।

त्यस्तै, ‘यात्रा’मा सलिनमान बानिया, मलिका महत, जाह्नवी बस्नेत, रेयर राई, प्रेक्षा बर्जाचार्य, सलोन बस्नेतको अभिनय छ।

प्रकाशित मिति: १४:१४ बजे, शुक्रबार, चैत २९, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्