Kathmandu Press

दिल्ली उड्न लाग्दा ठूलो दुर्घटनाबाट जोगियो नेपाल एयरलाइन्सको विमान

काठमाडौं, जेठ २६ :  नेपाल वायुसेवा निगमको उडान नम्बर २०५ को एयरबस ३२०-२०० जहाज आज बिहान ८ बजेको

दिल्ली उड्न लाग्दा ठूलो दुर्घटनाबाट जोगियो नेपाल एयरलाइन्सको विमान
Hardik ivfHardik ivf

काठमाडौं, जेठ २६ :  नेपाल वायुसेवा निगमको उडान नम्बर २०५ को एयरबस ३२०-२०० जहाज आज बिहान ८ बजेको उडानमा दिल्ली जाने तर्खर गर्दै थियो। जहाजमा क्याप्टेन पाकिस्तानी पाइलट मोहमद घानी थिए भने को-पाइलटको रुपमा पाइलट उद्धव घिमिरे थिए।

दिल्ली उडानका लागि तयार भएको निगमको जहाजमा इन्टरनलर रेफ्रिरेन्स सिस्टम (आईआरएस) अन नगरी टेक अफका लागि रन-वे पुर्‍याइएको खुलेको छ।

जब कि कुनै पनि जहाज पार्किङ-वेबाट उडानका लागि रन-वेतर्फ जाँदै गर्दा आईआरएस सिस्टमले पूर्ण रुपमा काम गरिसकेको हुनपर्छ। पाइलटको लापरवाहीले सिस्टमनै अन नगरी ट्याक्सी-वेबाट रन-वेतर्फ लग्न खाेजिएकाे थियाे। अन्तिम समयमा मात्रै सिस्टम अन नभएको थाहा पाइएकाे थियाे।

त्यसपछि जहाजलाई पुनः ट्याक्सी-वे मा नै केही बेर रोकिएकाे थियाे। ट्याक्सी-वे मा नै राेकेर मात्रै सिस्टम अन गरेको निगमका एक इन्जिनियरले काठमाडौंप्रेसलाई बताए।

आईआरएस सिस्टम पूर्ण रुपमा काम गर्न करिब १० मिनेटको सयम लाग्छ। तर, निगमका क्याप्टेन घानी र नेपाली को-पाइलट घिमिरेको कमान्डमा रहेको जहाजले आईआरएस सिस्टम नै अन नगरी जहाज पार्किङ-वेबाट रन-वेतर्फ लगेको स्रोतले जानकारी दियो।

जहाज टेक अफको लागि रन-वेतर्फ गइसकेपछि चालक दलका सदस्यले आईआरएस सिस्टम अन नभएको थाहा पाएका थिए। सिस्टम अन नभएको थाहा भएपछि पार्किङ-वेबाट रन-वेतर्फ लागेको निगमको जहाजले पुनः रन-वेतर्फ जाँदै गर्दा बीचमा जहाज रोकेर आइआरएस सिस्टम अन गरेको ति इन्जिनियरले जानकारी दिए।

‘जहाजले आईआरएस सिस्टम उडान नगरी उडान भरेको भए ठूलो दुर्घटना हुन्थ्यो,’ स्रोतले भन्यो।  तर, रन-वेतर्फ जाँदै गर्दा थाह भएका कारण ठूलो दुर्घटनाबाट जोगिएको हो।

जब जहाजको आईआरएस सिस्टम नै अन नभएको थाहा भएपछि जहाज १० मिनेट रोकेर सिस्टम अन गरेर उडान गरिएको स्रोतले बतायाे।

आईआरएस भने इन्टेरियल रिफ्ररेन्स सिस्टम हो। यो भन्नाले जहाज उडानको लागि पार्किङ-वेबाट रन-वेतर्फ जानु भन्दा पहिले गर्नु पर्ने प्रक्रिया हो। यसले नै जहाजको सम्पूर्ण सिस्टम ठीक भएको जनाउछ। आईआरएस सिस्टम अन भई पूर्ण रुममा काम गर्नका लागि १० मिनेटको समय लाग्छ।

उडानको नियममा सिस्टम अन नभइकन जहाजलाई हलचल गर्न र मुभ गराउन पाइदैन। तर, निगमको दिल्ली उडानका लागि तयार रहेको जहाज यो सिस्टम नै अन नगरी पाकिङ-वेबाट निस्केर तीन सय मिटरभन्दा अगाडि पुगेको हो।

ट्याक्सी-वेबाट टेक अफको लागि जाँदै गर्दा मात्रै चालक दलले आईआरएस अन नभएको थाहा पाएका थिए।

आज नेपाल एयरलाइन्सको को-पाइलट उद्धव घिमिरेले पहिलो उडान गर्दै थिए। घिमिरेको व्यवसायlक उडानमा नेपाल नागरिक उड्डयन प्राधिकरणका निरिक्षक पाइलट डाक्टर निरौला पनि थिए भने सेफ्टी पाइलट योगेश हिराचन समेत रहेको स्रोतले जानकारी दिएको छ। जहाजमा एक सय ५० यात्रु रहेका थिए।

प्रकाशित मिति: १३:१४ बजे, आइतबार, जेठ २६, २०७६
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्