Kathmandu Press

कामीरिताले फेरि तोडे आफ्नै रेकर्ड; २४ औं पटक सगरमाथाको टुप्पोमा

काठमाडौं, जेठ ७ : केहि दिनअघि आफैले बनाएको नयाँ रेकर्ड कीर्तिमानी आरोही कामीरिता शेर्पाले फेरी तोडेक

कामीरिताले फेरि तोडे आफ्नै रेकर्ड; २४ औं पटक सगरमाथाको टुप्पोमा
फाइल फोटो

काठमाडौं, जेठ ७ : केहि दिनअघि आफैले बनाएको नयाँ रेकर्ड कीर्तिमानी आरोही कामीरिता शेर्पाले फेरी तोडेको छन्।

उनले सर्वोच्च शिखर सगरमाथाको आज बिहान २४औं पटक सफल आरोहण गरेका छन्। उनले आज बिहान ६ बजेर ३९ मिनेटमा सगरमाथाको चुचुरोमा पाइला टेकेका हुन्। 

Hardik ivf

४९ वर्षिय शेर्पाले सेभेन समिटबाट भारतीय आरोहण दलसंगै सगरमाथाको टुप्पामा पुगेको सगरमाथाका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले काठमाडौं प्रेसलाई जानकारी दिए । 

यही जेठ १ गते मात्र उनले सगरमाथाको २३औं पटक आरोहण गरेका थिए। 

शेर्पाले एक हप्ताकाे अवधिमा दुई पटक सगरमाथा आरोहण गरेर अर्को रेकर्ड समेत बनाएका छन्। 

उनले यसै सिजनमा २५ औं आरोहण गर्ने समेत घाेषणा गरेका छन् । 

प्रकाशित मिति: ०८:२० बजे, मंगलबार, जेठ ७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्