Kathmandu Press

रमजानको पवित्र महिना : सुरू भयो रोजा

काठमाडौं, वैशाख २४ : रमदान अर्थात् रमजान । इस्लामिक क्यालेन्डरको नवौं महिना जुन मुस्लिम समुदायले रोज

https://www.youtube.com/watch?v=qrgMSiCsM2c

काठमाडौं, वैशाख २४ : रमदान अर्थात् रमजान । इस्लामिक क्यालेन्डरको नवौं महिना जुन मुस्लिम समुदायले रोजा (व्रत) बसेर मनाउने सबैभन्दा ठूलो पर्व हो।

विश्वभरकै मुस्लिम समुदायले आजदेखि एक महिनासम्म रोजा बसेर साँझ घाम ढल्केपछि मात्र खाना खाने गर्दछन्। मुस्लिम समुदायको धार्मिक ग्रन्थ कुरान पहिलो पल्ट मोहम्मदलाई प्रस्तुत गरेको अवसरमा यो रोजा बस्न थालेको कथन छ। 

Hardik ivf

मुस्लिम समुदायका लागि यो महिना रोजा, प्रार्थना, आफ्नो जीवनमाथिको प्रतिबिम्ब र समुदायका बारेमा सोच्ने समय हो । यो अवसर इस्लाम धर्मको पाँच स्तम्भमध्ये एक मानिन्छ।  रोजा सबै वयस्क मुस्लिमका लागि अनिवार्य छ। तर, बिरामी, कतै यात्रामा रहेका, वृद्ध, गर्भवती, सुत्केरी, मधुमेह भएका, तथा महिनावारी भएका महिलाका लागि भने यो नियम लागू हुन्न। 

नियमानुसार, रोजा बसिराख्दा सूर्योदयदेखि सूर्यास्तसम्म खाना खान नमिल्ने, तरल पदार्थ पिउन नपाउने, धुम्रपान गर्न नहुने र यौन सम्पर्क राख्न नपाइने हुन्छ । साथै, यो बेला पापी सोच राख्ने, अरुको कुरा काट्ने, कसैको बेइज्जत गर्ने, सराप्ने, झुठो बोल्ने र स्वरक्षाबाहेका झैझगडामा नलाग्ने जस्ता कार्य नगर्न पनि प्रेरित गरिन्छ । 

यो महिना इस्लाम धर्मावलम्बीहरुलाई आफ्नो शरीर र आत्मालाई शुध्द राख्न तथा राम्रो कर्म गर्न र सकारात्मक सोच राख्न प्रेरित पनि गर्दछ । साथै, यो पर्वका बेला रोजा बसेकाहरुले आफु खुसी गरिबहरुलाई दान पनि दिने गर्दछन् जसलाई जगात भनिन्छ ।

इन्द्रचोकका पोते व्यापारी शेर खानका अनुसार रमजानमा रोजा बस्नु भनेको अल्लाहको लागि हो । र, उनी भन्छन्, ‘यो वर्षमा एक महिना बस्ने व्रत बस्दा अरु व्रतभन्दा पनि धेरै पुण्य कमाउने विश्वास गरिन्छ ।’

शेर खान

कसरी रोजा बसिन्छ र के–के गरिन्छ?

‘हाम्रो मुस्लिम क्यालेण्डरमा कति बजे व्रत बस्ने कति बजे खोल्ने भनेर सबै लेखिएको हुन्छ। त्यहाँ लेखिएको समयभन्दा १ मिनेट पनि अघि पछि व्रत बस्नु र खोल्नु हुँदैन,’ शेर खान भन्छन् । ‘रातिको २,३ बजे नै उठेर घरका महिलाहरुले चोखो खानेकुरा पकाउन थाल्छन् । र त्यसपछि केही समय आफूले दिनभरि देखेको, सुनेको र बोलेको र सुँघेको नराम्रो कुरामा माफ गरिदिनुस् भनेर अल्लाहसँग दुवा गर्छौं ।’

क्युएफएक्स सिनेमाका सञ्चालक नकिम उद्दिन भन्छन्, ‘केही अन्न र पानी पनि नपिई बेलुका सुर्य अस्ताएपछि सबै परिवार बसेर आफैले पकाएको खानेकुराहरु खाएर दिनको व्रत तोडिन्छ।’

नकिम उद्दिन

बिहान रोजा शुरु हुनुभन्दा अघि खाइने खानालाई सुहुर भनिन्छ भने साँझ घाम ढल्केपछि खाने खानालाई इफ्तार भनिन्छ । रोजा तोडेर इफ्तार शुरु विशेषगरी खजुर खाएर गरिन्छ भने मासुका परिकार, रोटी र सेवाईजस्ता परिकार पनि खाइन्छ ।

नकिम भन्छन्, ‘म सात आठ वर्षको उमेर देखिनै घरमा बुवाआमाहरुले रोजा बस्न सिकाउन थालिसक्नु भएको थियो । जस्तै सुरुमा आधा दिन बसाईन्छ । त्यसपछि १ दिन, २ दिन गर्दै रोजा बस्न सिकाइन्छ । यो म लगायत सबै मुस्लिम छोराछोरीको रमजानको प्रशिक्षण यसैगरी गरिन्छ ।’

नकिमका अनुसार धार्मिक ग्रन्थमा रोजा बस्दा शरीरलाई हुने फाइदाहरुको व्याख्या गरिएको छ। र यो पछिल्लो बैज्ञानिक अध्ययनहरुले पनि यसलाई प्रमाणित गर्न खोजेको छ । जस्तै हाम्रो शरीरमा मृत कोषिकाहरु हुन्छन्। १५,१६ घण्टा शरीरमा केही अन्न नहुँदा शरीर तातो हुन्छ । र त्यो अधिक तापक्रमले गर्दा मृत कोषिकालाई सफा गर्ने र नयाँ कोषिकाहरुको जन्म गराउने गर्दछ भन्ने अध्ययनमा भनिएको छ। ‘अहिले निकै प्रचलनमा आएको इन्टरमिटेन्ट फास्टिंग जस्तै रोजा पनि त्यस्तै हो र हामी (मुस्लिमहरु) पनि त्यस्तै गर्छौं,’ नकिम भन्छन् ।

अहिले समय बद्लिएसँगै हरेक पर्व र रितिरिवाज मनाउने तरिकामा पनि केही परिवर्तन देखिरहेको छ, नकिम थप्छन्, ‘तर हाम्रो रोजा बस्ने चलनमा भने त्यही मौलिकता कायमै छ । हामी अहिले पनि त्यसैगरी १५,१६ घण्टा नखाई नै बस्छौं ।’

पन्च कश्मिरी तकिया जामे मस्जिदका प्रमुख इमाम मोहम्मद फजिर आलम कादरी भन्छन्, ‘इस्लामिक धर्मग्रन्थ अनुसार अल्लाहको हुकुम अनुसार रमजानको महिना एकदमै महत्व र पूण्य महिना हो । र  यो महिना आउने वितिकै हरेक मुस्लिमहरुको अनुहारमा खुशी छाउँछ।’

मोहम्मद फजिर आलम कादरी

‘आफूले जानी नजानी गरेको गल्तिमाथि अल्लाहको अगाडि गएर माफी माग्नु, गरिब असहाय र टुहुरालाई दान गर्नु र १ महिनासम्म व्रत बस्नु नै यो रमाजानको विशेषता हो,’ भन्छन् इमाम।

यो महिना दिन लामो पर्वको अन्तिम दिन भब्य रुपमा मनाइन्छ जसलाई इद–उल–फित्र भनिन्छ। यो इस्लाम धर्मावलम्बीहरुको सबैभन्दा ठूलो चाड हो।
 

प्रकाशित मिति: १९:५६ बजे, मंगलबार, वैशाख २४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्