Kathmandu Press

मापदण्ड नपुगेका ४४ खाद्यवस्तु आयातमा रोक

काठमाडौं, चैत २८ : खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागले मापदण्ड नपुगेका ४४ वटा खाद्यवस्तु आयातमा रोक लगाएको छ।

भारतबाट ल्याइएका वस्तुमा ....

मापदण्ड नपुगेका ४४ खाद्यवस्तु आयातमा रोक

काठमाडौं, चैत २८ : खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागले मापदण्ड नपुगेका ४४ वटा खाद्यवस्तु आयातमा रोक लगाएको छ।

भारतबाट ल्याइएका वस्तुमा मापदण्ड नपुगेको पाइएकाले ४४ वटा खाद्यवस्तु आयातमा रोक लगाइएको विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीले जानकारी दिए।
उनका अनुसार कागजात नमिलेका, मापदण्ड नपुगेका, लेवल नभएका र आयात प्रतिवन्ध लागेका वस्तुहरुमा रोक लगाइएको छ। रोक लगाएका वस्तुमा तेल, विस्कुट, चाउचाउ, सस, ललिपपलगायत खाद्यवस्तु छन्।

विभागका अनुसार आर्थिक वर्ष २०७५-०७६ को दोस्रो चौमासिकमा कुल ६ हजार ८० वटा खाद्य पदार्थलाई आयात अनुमति दिइएको थियो। विभागले जारी गरेको आयात–निर्यात निर्देशिकाले आयात पूर्व अनिवार्य रूपमा अनुमति लिनुपर्ने ब्यवस्था गरेको छ। निर्देशिकामा  व्यवस्था गरिएका खाद्यवस्तुलाई मात्र आयात अनुमति दिइएको प्रवक्ता वस्तीले बताए।

आयात–निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयहरूबाट आयातित खाद्यवस्तुको नियमनका क्रममा १० हजार ४ सया ५६ नमूना जाँच गरी आयात अनुमति प्रदान गरिएको विभागले जनाएको छ।
 

प्रकाशित मिति: १९:४० बजे, बिहीबार, चैत २८, २०७५
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्