Kathmandu Press

सगरमाथा आरोहणका लागि १२ नेपालीसहित तीन सय आरोहीले पाए अनुमति

सोलुखुम्बु,  चैत २८ : देशका विभिन्न हिमाल आरोहणका लागि ७० समूहका ६१६ आरोहीले आरोहण अनुमति पाएका छन्। सगरमाथासहित २० हिमाल आरोहणका लागि नेपालसहित ....

सगरमाथा आरोहणका लागि १२ नेपालीसहित तीन सय आरोहीले पाए अनुमति
फाइल फोटो

सोलुखुम्बु,  चैत २८ : देशका विभिन्न हिमाल आरोहणका लागि ७० समूहका ६१६ आरोहीले आरोहण अनुमति पाएका छन्। सगरमाथासहित २० हिमाल आरोहणका लागि नेपालसहित ४२ राष्ट्रका आरोहीले अनुमति पाएको पर्यटन बोर्डले जनाएको छ। 

विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि १२ नेपालीसहित ३०० ले अनुमति लिएका छन्। पर्यटन विभागले दिएको जानकारीअनुसार बुधबारसम्म ३० समूहका ३०० जनाले सगरमाथा आरोहण अनुमति लिएका हुन्। आरोहण अनुमति लिनेमा नेपालसहित ४२ राष्ट्रका २५१ पुरुष र ४९ महिला रहेका छन्। सोमा नेपाली महिला ६ र पुरुष ६ जना छन्। 

सगरमाथाको शिखर जानेमा सबैभन्दा धेरै भारतका ५८ पुरुष र ९ महिला गरी ६७ पर्वतारोही रहेका पर्यटन बोर्डका नायव सुब्बा रामेश्वर निरौलाले जानकारी दिए। उनका अनुसार अमेरिकाका ५९ पुरुष र चार महिलासहित ६३, चीनका ३० पुरुष र १० महिलासहित ४० र बेलायतका ३६ पुरुष र तीन महिलासहित ३९ जना पर्वतारोहीले सगरमाथा चढ्ने अनुमति पाएका छन्। 

Hardik ivf

नर्वेका चार पुरुष र तीन महिलासहित सात, जापानका चार पुरुष र दुई महिलासहित ६, हङकङ र अर्जेन्टिनाका चार–चार जना पुरुषसहितले सगरमाथा आरोहणका लागि अनुमति पाएका छन्। विभिन्न कीर्तिमानी कायम गर्ने उद्देश्यले सगरमाथा आरोहण गर्ने गरिएको छ। 

यस्तै आठ हजार ५१६ मिटर उचाइको लोत्सेका लागि सात समूहका ६६, ६ हजार ८१४ मिटर उचाइको आमादब्लम हिमाल आरोहणका लागि चार समूहका ४१, सात हजार ८६१ मिटर उचाइको नुप्त्से हिमाल आरोहणका लागि दुई समूहका २७ र आठ हजार ९१ मिटर उचाइको अन्नपूर्ण हिमाल आरोहणका लागि तीन समूहका २३ आरोहीले अनुमति पाएका पर्यटन बोर्डले जनाएको छ।  

यस्तै आठ हजार ४६३ मिटर उचाइको मकालु हिमाल आरोहणका लागि चार समूहका ५३ ले अनुमति लिएका नायब सुब्बा निरौलाले जानकारी दिए। 

करीब ४० करोड राजश्व संकलन  

सगरमाथासहित देशका २० हिमाल आरोहण गर्ने आरोहीबाट बुधबारसम्म ३९ करोड १५ लाख ४४ हजार १४५ राजश्व सङ्कलन गरिएको छ। सबैभन्दा धेरै सगरमाथा आरोहीबाट ३४ करोड ८३ लाख ७२ हजार २१२ सलामी दस्तुर सङ्कलन भएको विभागले जनाएको छ। 

सगरमाथा आरोहण गर्न अनुमति लिएका विदेशी आरोहीबाट प्रतिआरोही ११ हजार डलरका दरले ३४ करोड ७४ लाख ७२ हजार २१२ राजश्व सङ्कलन भएको छ। त्यस्तै नेपाली आरोहीबाट ७५ हजारका दरले ९ लाख राजश्व सङ्कलन भएको पर्यटन विभागका नायब सुब्बा निरौलाले जानकारी दिए।  

बोर्डको तथ्याङ्कअनुसार देशका विभिन्न हिमाल आरोहरणका लागि अनुमति लिएका आरोहीबाट जम्मा ३९ करोड १५ लाख ४४ हजार १४५ रोयल्टी जम्मा भएको छ। नेपालका विभिन्न क्षेत्रमा रहेका २० हिमाल आरोण गर्ने ७० समूहका ६१६ आरोहीबाट उक्त राजश्व सङ्कलन भएको हो। रासस

प्रकाशित मिति: १९:०९ बजे, बिहीबार, चैत २८, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्