मन्त्री अधिकारीलाई पोखरामा अन्तिम श्रद्धाञ्जलि
पोखरा, फागुन १७ : हेलिकप्टर दुर्घटनामा मृत्यु भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीलाई पोखरामा श्रद्धा

पोखरा, फागुन १७ : हेलिकप्टर दुर्घटनामा मृत्यु भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीलाई पोखरामा श्रद्धाञ्जलि अर्पण गरिएको छ ।
शुक्रबार अपराह्न पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा श्रद्धाञ्जलि अर्पण गरिएको हो । मन्त्री अधिकारीको पार्थिव शरीरमा उपप्रधानमन्त्री ईश्वर पोखरेल र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालको राष्ट्रिय झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि अर्पण गरे ।
त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का तर्फबाट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ र नेता वामदेव गौतमले संयुक्तरुपमा पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि अर्पण गरे ।
मन्त्री अधिकारीलाई भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री पद्ममा अर्याल, नेपाली कांग्रसका नेता चन्द्र भण्डारी, गण्डकी प्रदेशका प्रमुख प्रतिपक्षी दल कांग्रसका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली, नेकपाका नेता योगेश भट्टराई, श्रममन्त्री गोकर्ण विष्ट, काङ्ग्रेस नेता यज्ञबहादुर थापालगायतले श्रद्धाञ्जलि अर्पण गरे ।
श्रद्धाञ्जलि अर्पण गर्न हजारौँ सर्वसाधारण लामबद्ध छन् ।











-1754206481.jpg)