क्षेत्रीय प्रशासन कार्यालय खारेज, सबै सम्पत्ति मुख्यमन्त्री कार्यालयको मातहत ल्याइने
काठमाडौं, चैत २८ : सरकारले पाँच वटै क्षेत्रीय प्रशासन कार्यालय खारेज गरेको छ।
मन्त्रिपरिषदको हालै बसेको बैठकले पाँचवटै क्षेत्रीय प्रशासन खार....

काठमाडौं, चैत २८ : सरकारले पाँच वटै क्षेत्रीय प्रशासन कार्यालय खारेज गरेको छ।
मन्त्रिपरिषदको हालै बसेको बैठकले पाँचवटै क्षेत्रीय प्रशासन खारेज गर्ने निर्णय गरेको हो। मन्त्रिपरिषद् बैठकको निर्णयसँगै क्षेत्रीय प्रशासन कार्यालय धनकुटा, हेटाैँडा, पोखरा, सुर्खेत र दीपायल खारेज भएका छन्।
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले खारेज गरिएका क्षेत्रीय प्रशासन कार्यालय अन्तर्गतका सम्पूर्ण स्रोतसाधन, चलअचल सम्पत्ति तथा अभिलेख सम्बन्धित प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत ल्याउने निर्णय गरिएको जानकारी दिए।
प्रकाशित मिति: १७:०३ बजे, बिहीबार, चैत २८, २०७५
प्रतिक्रिया दिनुहोस्
थप समाचार










