Kathmandu Press

एनसेलको लाभकर विवाद मुद्दामाथि सर्वोच्चको बृहत इजलासमा सुनुवाइ शुरु

काठमाडौं, माघ १७ : एनसेलको लाभकर विवादसम्बन्धी मुद्दामाथि सर्वोच्च अदालतको बृहत इजलासमा अन्तिम सुनुव

एनसेलको लाभकर विवाद मुद्दामाथि सर्वोच्चको बृहत इजलासमा सुनुवाइ शुरु

काठमाडौं, माघ १७ : एनसेलको लाभकर विवादसम्बन्धी मुद्दामाथि सर्वोच्च अदालतको बृहत इजलासमा अन्तिम सुनुवाइ शुरु भएको छ ।

एनसेलको लाभकर विवादको विषयमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासहितको बृहत इजलासले बिहीबारदेखि सुनुवाइ शुरु गरेको हो । गत असोज १८ देखि मुद्दाको अन्तिम सुनुवाइ चलेको थियो ।

त्यसयता रोकिएको उक्त मुद्दा जबरा प्रधानन्यायाधीशमा नियुक्त भएपछि पुनः शुरु भएको हो । बृहत इजलासमा प्रधानन्यायाधीश जबरासहित न्यायाधीशहरु मीरा खड्का, विश्वम्भरप्रसाद श्रेष्ठ, डा.आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तान रहेका छन् ।

सर्वोच्चले  भदौ २८ गते खरिद प्रक्रियाका सम्पूर्ण कागजात माग गर्ने निर्णय गरेको थियो । कागजात प्राप्त भएपछि असोज १८ बाट अन्तिम सुनुवाइ प्रारम्भ भएको थियो ।

अन्तिम सुनुवाई शुरु भएपनि यसअघि नै दिएको अन्तरिम आदेशका कारण लाभांश लैजाने सुविधा एनसेलले उपयोग गरिसकेको छ ।

यसअघि पुस ९ गते लाभांश लैजान अन्तरिम आदेश न्यायाधीशद्वय ओमप्रकाश मिश्र र केदार प्रसाद चालिसेको इजलासले दिएको थियो ।

 

प्रकाशित मिति: १४:०३ बजे, बिहीबार, माघ १७, २०७५
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्