पूर्वराजा ज्ञानेन्द्रलाई विमानस्थल पुर्याएर फर्किएको गाडीको ठक्करले युवकको मृत्यु
विराटनगर, चैत २८ : पूर्वराजा ज्ञानेन्द्र शाहलाई विराटनगर विमानस्थल पुर्याएर फर्किएको गाडीको ठक्करले एक युवकको मृत्यु भएको छ । अर्का युवक घाइते भए....

विराटनगर, चैत २८ : पूर्वराजा ज्ञानेन्द्र शाहलाई विराटनगर विमानस्थल पुर्याएर फर्किएको गाडीको ठक्करले एक युवकको मृत्यु भएको छ । अर्का युवक घाइते भएका छन्।
पूर्वराजा ज्ञानेन्द्रलाई विमानस्थल पुर्याएर फर्किएको बा ३ च ७९६२ नम्बरको कारले बुधबार राति ९ बजे मोरङको सुन्दरहरैंचा नगरपालिका–४ बुधबारे चोकमा को १५ प ९९७८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको स्थानीय बासिन्दाले बताए।
कारको ठक्करबाट मोटरसाइकलमा सवार इटहरी उपमहानगरपालिका–८ का २२ वर्षीय प्रकाश चौधरीको मृत्यु भएको हो । उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
मोटरसाइकल चालक हेम चौधरी गम्भीर घाइते भएका छन् । उनको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार, कार चालकलाई नियन्त्रणमा लिइएको छ।










