जेट एयरवेजको विमान ठूलो दुर्घटनाबाट बच्यो
काठमाडौं, चैत २७ : जेट एयरवेजको विमान ठूलो दुर्घटनाबाट बचेको छ ।
विमानले तेल नभरेरै काठमाडौंबाट दिल्लीका लागि उडान भर्न थालेको थियो ।....

काठमाडौं, चैत २७ : जेट एयरवेजको विमान ठूलो दुर्घटनाबाट बचेको छ ।
विमानले तेल नभरेरै काठमाडौंबाट दिल्लीका लागि उडान भर्न थालेको थियो । तर, उडान भर्ने क्रममा तेल सकिएको विमानका पाइलटले थाहा पाएपछि तेल हाल्न अनुरोध गरेका थिए । बुधबार ३ बजेर ५० मिनेटमा दिल्ली उडान भर्ने क्रममा तेल सकिएको थाहा पाएपछि आकस्मिक रुपमा पुन: जहाजलाई पार्किङमा फर्काइएको थियो ।
जेट एयरवेजको उडान नम्बर २६७ का क्याप्टेनले ‘टेक अफ’ गर्ने समयमा मात्रै जहाजमा तेल नभएको थाहा पाएका थिए । तेल भरेपछि झण्डै दुई घण्टापछि केहीबेर अघि उडान भरेको छ ।
प्रकाशित मिति: १७:४३ बजे, बुधबार, चैत २७, २०७५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
