Kathmandu Press

नियम विपरित फ्लाई दुबईलाई उडान अनुमति, महाप्रवन्धक क्षेत्रीलाई सोधियो २४ घण्टे स्पष्टिकरण 

काठमाडौं, चैत २७ :  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नियम विपरित फ्लाई दुबईलाई उडान अनुमति दिएको भन्दै त्रिभुवन अन्तर्राष्ट्रि....

नियम विपरित फ्लाई दुबईलाई उडान अनुमति, महाप्रवन्धक क्षेत्रीलाई सोधियो २४ घण्टे स्पष्टिकरण 
फाइल फोटो

काठमाडौं, चैत २७ :  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नियम विपरित फ्लाई दुबईलाई उडान अनुमति दिएको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीलाई २४ घण्टे स्पष्टिकरण सोधेको छ। 

विमानस्थलले बन्द भएको १७ मिनेटपछि खुलाएर फ्लाई दुबईलाई अनुमति दिएको थियो। उडान बन्द अन्तर्राष्ट्रिय नियम (नोटाम) उल्लंघन गर्दै फ्लाई दुबईलाई मंगलबार राति उडान अनुमति दिएको थियो। विमानस्थले धावनमार्ग मर्मतका लागि १० बजेदेखि विमानस्थल बन्द गरेको थियो।

Hardik ivf

‘निगमलाई रोक्ने फ्लाई दुबईलाई छोड्ने देखियो, त्यसैले हामीले स्पष्टिकरण सोधेका छौँ,’ मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले काठमाडौंप्रेससँग भने। तर एक साता अघि नेपाल वायुसेवा निगमको जहाजलाई चार मिनेट समय थप नगर्दा रातभर यात्रु जहाजभित्रै बस्नु परेको थियो।

विमानस्थलको धावनमार्ग मर्मतका लागि भन्दै गत चैत १८ गतेदेखि विमानस्थल दैनिक १० घण्टा बन्द हुँदै आएको छ। विमानस्थलले कि सूचना जारी गरेर छोड्नु प¥यो कि सबैलाई एउटै नियम लगाउन पर्‍यो भनेर स्पष्टिकरण सोधिएको सचिव सापकोटाले बताए।  नोटाम उल्लंघन गर्दै फ्लाई दुबई उडान नं. एफजेड ५७४ लाई मंगलबार राति उडान अनुमति दिएको हो। गत साता भने नोटाम व्यवस्था देखाएर मंगलबार दुबईका लागि उड्नुपर्ने फ्लाइट नम्बर आरए २३१ विमानस्थलमै रातभर रोकिनु परेको थियो। त्यसबारे छानविन गर्न समितिसमेत गठन गरिएको छ।

विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले भने निगमको जस्तै यात्रुहरु रातभरि जहाजमा पर्ने देखिएर उडान अनुमति दिएको जनाएका छन्। ‘यात्रुको मानवीयतालाई हेरेर अनुमति दिएका हाैं,’ क्षेत्रीले भने।  मंगलबार राति १०ः१७ बजे फ्लाई दुबईको बोइङ–७३७ विमान विमानस्थल बन्द भइसकेको १७ मिनेटपछि उडान भर्न दिइएको थियो। फ्लाई दुवईले मंगलबार राति ८ बजेर ४० मिनेटको उडान तालिका राखेको थियो।

तर, एक साताअघि  निगमको काठमाडौं–दुबई उडानका लागि विमानस्थल व्यवस्थापनसँग ४ मिनेट थप गरी उडान भर्ने अनुमति माग्दा विमानस्थलले अनुमति दिएको थिएन।  निगमको गत १९ गते मंगलबार राति ९ः१५ मा भएपनि त्रिभुवन विमानस्थलले १० बजेसम्म पनि निगमको विमानलाई उडान भर्ने अनुमति दिएको थिएन। 
 

प्रकाशित मिति: १६:४७ बजे, बुधबार, चैत २७, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्