Kathmandu Press

दलाई लामा अस्पताल भर्ना

नयाँ दिल्ली, चैत २७ : भारत निर्वासनमा रहेका तिब्बती धर्मगुरु दलाई लामा छातीमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन्।

८३ वर्षीय दलाई लामालाई....

दलाई लामा अस्पताल भर्ना
एजेन्सी

नयाँ दिल्ली, चैत २७ : भारत निर्वासनमा रहेका तिब्बती धर्मगुरु दलाई लामा छातीमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन्।

८३ वर्षीय दलाई लामालाई छातीमा सङ्क्रमण भएपनि अस्पताल भर्ना गरिएको हो । उनलाई हिमाचल राज्यको धर्मशालाबाट दिल्ली ल्याइएको हो। उनको स्वास्थ्य स्थिर रहेको जनाएको छ।

उनको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको जनाएको छ । उनलाई केही दिनमा नै अस्पतालबाट घर लैजाने लामाका निजी प्रवक्ता तेन्जिन ताक्लाले एएफपीलाई बताएका छन्।

प्रवक्ता ताक्लाका अनुसार दलाई लामालाई स्वास्थ्यमा केही अप्ठ्यारो महसुस भएपछि विमानमार्फत् दिल्ली ल्याइएको थियो।

दलाई लामा नोबेल शान्ति पुरस्कारबाट पुरस्कृत व्यक्तित्व हुन्।

प्रकाशित मिति: १४:४९ बजे, बुधबार, चैत २७, २०७५
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्