Kathmandu Press

वीर अस्पतालको ओपीडी खोल्न प्रहरी परिचालन

काठमाडौ, चैत्र २७ : प्रहरी परिचालन गरेर बुधबार वीर अस्पतालको ओपीडी सेवा खुलाइएको छ । ६ दिनपछि ओपीडी खुलेसँगै उपचार गर्न थालिएको अस्पतालले जनाएको छ।

वीर अस्पतालको ओपीडी खोल्न प्रहरी परिचालन
काठमाडौं प्रेस

काठमाडौ, चैत्र २७ : प्रहरी परिचालन गरेर बुधबार वीर अस्पतालको ओपीडी सेवा खुलाइएको छ । ६ दिनपछि ओपीडी खुलेसँगै उपचार गर्न थालिएको अस्पतालले जनाएको छ।

सरकारी चिकित्सकको आन्दोलनका कारण ६ दिनदेखि वीर अस्पतालको ओपीडी बन्द रहेको थियो । देशभरका सरकारी अस्पतालको ओपीडी पनि बन्द नै रहेको छ।

वीरमा भने आज बिहानै प्रहरीको सहयोगमा ओपीडी खुलाइएको हो । सरकारी चिकित्सक संघ (गोदान) भने यसमा आपत्ति जनाएको छ । ‘हाम्रो आन्दोलन जारी छ, यस्तो अवस्थामा वार्ता गर्नुको सट्टा प्रहरी लगाएर ओपीडी खोलेकोमा हाम्रो आपत्ति छ,’ गोदानका अध्यक्ष डा.दीपेन्द्र पाण्डेले भने।

Hardik ivf

वीर अस्पतालका निर्देशक केदार सेन्चुरीले स्वास्थ्य मन्त्रालय र जिल्ला प्रशासन कार्यालयको निर्देशनमा ओपीडी सेवा खोलिएको बताए । प्रहरीलाई सुरक्षाका लागि मात्रै परिचालन गरिएको उनको भनाइ छ।

ओपीडी खुलेसँगै विरामीहरूको उपचार थालिएको छ । बुधबार मध्याह्नसम्म तीन सयभन्दा बढीले टीकट लिइसकेको निर्देशक सेन्चुरीले बताए । ‘बिरामीको त्यति धेरै चाप छैन । चिकित्सक आन्दोलनमा छन् भन्ने भएर पनि धेरै आएका छैनन् । टाढाटाढाबाट आएका विरामीको उपचार भइरहेको छ,’ उनले भने।

वीर अस्पतालको ओपीडीबाट दैनिक एहजार पाँच सयभन्दा बढीले उपचार लिने गरेका छन्।

आन्दोलनरत सरकारी चिकित्सकले ओपीडी खोलिएपनि काम नगर्ने बताएका छन् । वार्ताका लागि तयार हुँदहुँदै प्रहरी लगाएर गरेको बलजफ्तीमा काम गर्नेन गोदान अध्यक्ष डा.पाण्डेले बताए।

वीर अस्पतालमा एकातिर चिकित्सक आन्दोनलमा छन भने अर्कातिर प्रहरी परिचालन गरेर विरामीको उपचार गर्न थालिएको छ।

 

प्रकाशित मिति: १२:५६ बजे, बुधबार, चैत २७, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्