डिर्भोसको खुशियालीमा दोहरी ब्याटल
काठमाडौं, चैत २७ : र्याप ब्याटल त धेरै सुन्नु र देख्नु भएको छ होला । तर दोहरी ब्याटल सुन्नु भएको छ ? त्यो पनि र्याप ब्याटल यानकी मोर्डन टचमा....

काठमाडौं, चैत २७ : र्याप ब्याटल त धेरै सुन्नु र देख्नु भएको छ होला । तर दोहरी ब्याटल सुन्नु भएको छ ? त्यो पनि र्याप ब्याटल यानकी मोर्डन टचमा । यदि छैन भने यूट्युबको पहिलो ट्रेन्डिङमा हेर्नुस्, प्रकाश सपुत र प्रिया आले मगरको ‘दोहोरी ब्याटल–२’।
सम्बन्धविच्छेद पछिको अवस्थामा आधारित भएर बनाएको यो भिडियोका नाम दिइएको छ, दोहोरी ब्याटल–२ । अप्रिल ५ मा यूट्युब रिलिज भएको यो भिडियो २४ घण्टामै पहिलो नम्बरमा आएको छ।
मिस नेपालको अडिसनको विवादास्पद भिडियोलाई उछिन्दै यो ट्रेन्डिङको पहिलो नम्बरमा पुगेको हो । रिलिज भएको चार दिनपछि बुधबार पनि पहिलो नम्बरमै छ।
यस अघि पहिलो दोहोरी ब्याटलका रुपमा ८ मार्च, २०१८ मा दोहोरी ब्याटल नाम दिएर भिडियो अपलोड गरिएको थियो । त्यसमा पनि प्रकाश र प्रियाले नै स्वर भरेका थिए । त्यसमा विवाद भएपछि केही काँटछाँट गरेर पुनः आपलोड गरिएको थियो।
हुन त यो भिडियोमा पनि आलोचना नभएको होइन । तर, गायक प्रकाशले बलिउड र हलिउडका गीत मन पराउने नयाँ पुस्तालाई लक्षित गरेर यो भिडियो ल्याएको बताएका छन् । यो लोकगीत नभएकाले यसलाई लोकभाकासँग तुलना नगर्न उनले आग्रह समेत गरेका छन्।
पहिलो भिडियो दर्शकले अत्यधिक मन पराएपछि दोस्रो भिडियो ल्याएको प्रकाशको भनाइ छ । यसलाई पनि मन दर्शकले मन पराएका छन् । गायक प्रकाशले दर्शकलाई धन्यवाद दिएका छन्।
बुधबारसम्म यसलाई २९ लाख नौ हजारले हेरिसकेका छन् । यसलाई एक लाखभन्दा बढिले लाइक गरेका छन् भने ११ हजारले ‘डिसलाइक’ थिचेका छन् । यसमा आठ हजार सात सय कमेन्ट छन्।
यसमा कमेन्ट गर्ने दर्शकले ब्याटल ३ ल्याउन आग्रह गरेका छन् । सीमा गुरुङले लेखेकी छन, ‘द इन्ड चाहीं दामी छ, ब्याटल ३ पनि आउनु पर्यो नि ।’
यसमा एक जोडीको सम्बन्धविच्छेदको खुशीयाली मनाएको प्रसंगलाई देखाइएको छ । पूर्वपतिपत्नी बनेर प्रकाश र प्रियाले विगत कोट्याएका छन, यो ब्याटलमा।












