Kathmandu Press

तामाकोशीको सेयर एक्कासी बढेपछि आजको कारोबार रद्द 

काठमाडौं, ३० पुस : माथिल्लो तामाकोशी जलविद्युत कम्पनीको सेयर एकैदिन १ सय १२ रुपैयाँ बढेपछि सवै कारोबार रद्द गरिएको छ । 

कारोबार सु....

तामाकोशीको सेयर एक्कासी बढेपछि आजको कारोबार रद्द 
फाईल फोटो

काठमाडौं, ३० पुस : माथिल्लो तामाकोशी जलविद्युत कम्पनीको सेयर एकैदिन १ सय १२ रुपैयाँ बढेपछि सवै कारोबार रद्द गरिएको छ । 

कारोबार सुरु भएको दोस्रो दिननै तोकिएको  मूल्यभन्दा ५० प्रतिशत बढेपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) सवै कारोबार रद्द गरेको हो ।  

कारोबारको प्रारम्भमै नियम भन्दा १० प्रतिशत बढेर प्रणालीले नै स्वचालित कारोबार गर्न थालेपछि कारोबार रोकिएको नेप्सेले जनाएको छ । नियम अनुसार कम्पनीको बजार मूल्य १० प्रतिशतभन्दा बढाएर या घटाएर कारोबार गर्न पाइँदैन ।  

Hardik ivf

तामाकोशीको सेयर मूल्य प्रतिकित्ता ३३६ रुपैयाँ पुगेको थियो । नेप्सेका प्रवक्ता मुराहरि पराजुलीका अनुसार प्राविधिक काराणले आज भएको तामाकोशीको कारोबार सवै रद्द गर्नुपरेको जानकारी दिए ।  

कारोबारको लागि ७४ रुपैयाँदेखि २२४ रुपैयाँको रेन्ज तोकिएको थियो । आइतबार २२४ रुपैयाँमा ५१ हजारभन्दा धेरै कित्ताको कारोबार भएको थियो । तामाकोशी जलविद्युत् कम्पनीले सर्वसाधारणलाई जारी गरेको सेयर दोस्रो बजारमा सूचिकृत भएसंगै आइतबारबाट कारोबार सुरु भएको थियो ।

एकैचोटी साँढे दुई लाख कित्ताको माग 
तामाकोशीको कारोबार खुलेको एक घन्टामै २ लाख ४३ हजार कित्ता सेयर खरिदका लागि अर्डर भएको थियो । तर बिक्रीकर्ता भने देखिएका थिएनन । 

सोमबार ३३६ रुपैयाँमा १४ हजार २०५ कित्ता कारोबार भइसकेको थियो । यो मूल्य आइतबारको मूल्यभन्दा ५० प्रतिशत बढि हो । 

आइतवारबाट १० अर्ब ५९ करोड बराबरको सेयर एकै पटक धितोपत्र बजारमा आएको थियो । कम्पनीले गत साउनमा आयोजना प्रभावित दोलखावासीलाई  एक अर्ब पाँच करोड र गत कात्तिक १५ देखि १९ गतेसम्म सर्वसाधारणलाई एक अर्ब ५८ करोड बराबरको साधारण सेयर बिक्री गरेको थियो ।  दोलखावासी र आम सर्वसाधारणलाई क्रमशः १० र १५ प्रतिशत सेयर बिक्री गरेको थियो । 

कम्पनीले केही वर्ष पहिले नै कर्मचारी सञ्चयकोषका कर्मचारी, ऋणदाता संस्थाका कर्मचारी, सञ्चयकोषका कर्मचारी, नेपाल विद्युत् प्राधिकरणका कर्मचारीलाई सेयर बिक्री गरेको थियो ।  

कम्पनीमा ५१ संस्थापक र ४९ प्रतिशत साधारण सेयर रहेको छ ।  शेयर बजारमा नेपाल टेलिकम पछिको ठूलो मात्राको सेयर सूचीकरण भएको हो ।

टेलिकमको कूल १५ करोड कित्ता सेयर सूचीकृत छ ।

 
 

 
 

प्रकाशित मिति: १४:४१ बजे, सोमबार, पुस ३०, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्