बेलायत टुरमा ‘क्याप्टेन’
काठमाडौं, चैत २६ : नेपालमा बम्पर ओपनिङका साथै सुपरहिट फिल्मको सूचिमा आएको अनमोल स्टारर फिल्म ‘क्याप्टेन’ अहिले बेलायत टुरमा छ।
य....

काठमाडौं, चैत २६ : नेपालमा बम्पर ओपनिङका साथै सुपरहिट फिल्मको सूचिमा आएको अनमोल स्टारर फिल्म ‘क्याप्टेन’ अहिले बेलायत टुरमा छ।
यसको लन्डनको अन्डरसटस्थित प्रिन्सेस हलमा प्रिमियर सो सम्पन्न गरिएको छ । जसमा लागि निर्माता भुवन केसी र जिया केसी तथा अनमोल केसी बेलायतमा छन्।
रेड कार्पेट स्पेशल प्रिमियरमा उपस्थित अनमोलले फिल्ममा खेलाडीको अभिनय गर्नका लागि तीन महिनासम्म पूर्वक्याप्टेन हरि खड्कासँगै प्रशिक्षण लिएको बताए।
सपन इन्टरटेन्मेन्ट लिमिटेड यूकेका निर्देशक सपन राईले यसको आयोजना गरेका थिए । बेलायतका अन्य शहरमा पनि देखाइने उनले बताए।
प्रिमियरमा उपस्थित राजदूत दुर्गाबहादुर सुवेदीले अनमोलको प्रशंसा गरेका थिए।
प्रकाशित मिति: ११:४८ बजे, मंगलबार, चैत २६, २०७५
प्रतिक्रिया दिनुहोस्
थप समाचार












