झुमाले झुमाइन्, हाक्पारेमा
काठमाडौं, पुस २५ : बाजे पुस्ताका बैरागी काइँला र नाति पुस्ताकी झुमा लिम्बूमा धेरै समानता छन् । तीमध्ये एक हो – मुन्धुम मोह ।
<....
काठमाडौं, पुस २५ : बाजे पुस्ताका बैरागी काइँला र नाति पुस्ताकी झुमा लिम्बूमा धेरै समानता छन् । तीमध्ये एक हो – मुन्धुम मोह ।
काइँलाको काब्य यात्रा सुरु भयो, इन्द्रबहादुर राई र इश्वर बल्लभजस्ता ‘लीला’ प्रेमीहरूको सङ्गतमा । ‘मातेको मान्छेको भाषण मध्यरातपछिको सडकसित’ लेखेपछि काइँला नेपाली साहित्यमा स्थापित भए । उनको ‘मफलर’ कविताले पनि धेरैको मन चो¥यो ।

पूर्वी पहाडबाट धरान झरेकी झुमाले पनि सुरुमा नेपाली सङ्गीतमै आप्mनो परिचय स्थापित गरिन् । ‘भञ्ज्याङ कुर्नु गाह्रो भो, ए साइँला’ गाएपछि उनलाई धेरैले चिने । अम्बर गुरुङसँगको युगलबन्दीपछि त उनको चर्चा झन् चुलियो ।
तर, जसरी नेपाली साहित्यमा स्थापित भएपछि काइँला मुन्धुम, किराँत दर्शन र रैथाने सँस्कृतिको अनुसन्धानमा सक्रिय भए, त्यसरी नै झुमा पनि नेपाली सङ्गीतमा स्थापित भइसकेपछि रैथाने भाका र सङ्गीतको माध्यमद्वारा मुन्धुम–दर्शनको खोजीमा लागेका छन् ।
यी बाजे–नातिनीले पुसको तेस्रो साता काठमाडौंको शिल्पी थिएटरमा भेला भएका सङ्गीतप्रेमीहरूलाई पूर्वी पहाडको रैथाने लोक भाका हाक्पारेसँग परिचित गराए ।
रैथाने संगीत समूहको पहिलो प्रस्तुतिको रुपमा आयोजित कार्यक्रममा झुमाले हाक्पारे गाइन् । उनले ‘ए........ओ.......ओ....’ भनेर लेघ्रो तान्दा पूर्वी पहाडमै पुगेको भान भयो । उनलाई साथ दिने साथीहरूले ढोल, बिनाँयो र सारङ्गीजस्ता लोक बाजा बजाएर शिल्पी थिएटरलाई नै पूर्वी पहाडी भैm झङ्कृत गरे ।
झुमाको प्रस्तुतिपछि काइँलाले हाक्पारेको व्याख्यान गरे । उनले भने, “हाक्पारे स्टेजमा गाइने गीत होइन, अरुलाई सुनाइने सङ्गीत होइन, यो त आपैmसँग मनको विरह पोख्ने भाका हो ।”
मान्छे जन्मेपछि किन मर्नैपर्छ भन्ने प्रश्नको उत्तर मुन्धुममा भेटिँदैन । जीवनको अन्त्य निश्चित छ भन्ने बोध भएर लिम्बूहरूले हाक्पारे भाकामा विरहका गीत गाउन थालेका हुन्, जुन लिम्बू सँस्कृतिको अभिन्न अङ्ग बनिसकेको छ ।
समाजशास्त्री चैतन्य सुब्बाले हाक्पारेको प्राविधिक पक्षबारे जानकारी दिए । उनले भने, ‘हाक्पारे लिम्बू जातिको साह्रै पुरानो गीत–सङ्गीत परम्परा हो । हाक्पारे गायन सानो स्वरबाट सुरु हुन्छ र बिस्तारै स्वरको तीखोपनसम्म पुग्छ र फेरि तल्लो स्वरमा बग्दै झर्छ ।”












